५ पुस, हेटौँडा । सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ ।
ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना बनेको हो ।
भैँसे, निबुवाटार, पदमपोखरी, छतिवन लगायत गाविसमा रहेका सहकारीहरुसँग विपद् जोखिम न्यूनकरणका लागि सहकारीहरुको भूमिकाका बारेमा आयोजित छलफल कार्यक्रममा छुट्टै विपद व्यवस्थापन कोष खडा गर्ने, विपदमा परेका बेला सदस्यहरुलाई परिचालन गर्ने लगायतका बिषयमा सबै सहकारीका प्रतिनिधिहरुले एकमत जनाएका थिए ।
उनीहरुले आफ्ना सहकारीहरुमा तुरुन्तै विपद् व्यवस्थापन कोष तयार गर्ने र सहकारीका समूहको बैठकमा जाने सहजकर्ताहरुलाई समेत विपद् व्यवस्थापनबारे समूहका सदस्यहरुलाई जानकारी गराउने गरी जिम्मेवारी तोकिने बताए ।
त्यसैगरी ऋणको बीमा गरी लगानी सुरक्षित गर्नका लागि बिमा कम्पनी र सहकारी संस्थाहरुबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो । ग्रामीण महिला सेवा केन्द्रको आयोजना तथा केयर नेपालको सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, केयर नेपालका परियोजना व्यवस्थापक रुपेन्द्र बस्नेतलगायतले विपद् व्यवस्थापनमा समुदाय तहमा सहकारीमार्फत खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो ।
त्यसैगरी बिमा र सहकारीको समन्वयमा विपद घटाउने बारेमा नेशनल लाइफ इन्स्युरेन्सका नवराज अधिकारीले आफ्ना धारणा प्रस्तुत गरेका थिए । सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















