१० साउन, हेटौँडा । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो ।
महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् ।
बालबालिका र ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दामा दोषी पाइएका उनीहरुलाई जेलमा राखिँदै आएको थियो । उनीहरुले पाएको मृत्युदण्ड आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा कार्यान्वयन गर्ने मिति तय गरिएको छ ।
न्याय मन्त्रालयको यो घोषणाले राज्यद्वारा निर्देशित मृत्युदण्डको विरोधका रुपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाइदिएको छ ।
संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिएपछि अघोषित रुपमा स्थगन गरेको थियो ।
सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो । त्यसबेला सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानुनलाई पनि खारेज गरेको थियो ।
पछि सन् १९७६ मा सर्वोच्च अदालतको अर्को एउटा फैसलाले कतिपय राज्यमा मृत्युदण्डलाई पुनः खुला गरिदियो र सन् १९८८ मा सरकारले एउटा कानुन पारित गरेर संघीय तहमा फेरि मृत्युदण्डलाई कायम गरिदिएका थियो ।
मृत्युदण्ड सूचना केन्द्रले संकलन गरेको तथ्यांक अनुसार सन् १९८८ देखि २०१८ सम्म संघीय स्तरका मुद्दामध्ये ७८ जनालाई मृत्युदण्डको फैसला भए पनि हालसम्म ३ जनालाई मात्र दिइएको देखिन्छ । मृत्युदण्डको सूचीमा अझै ६२ जना मानिस छन् ।
महान्यायाधिवक्ताले पहिले मृत्युदण्ड दिने क्रममा तीनवटा विषालु औषधिको प्रयोग गरिने गरिएकोमा अब भने एउटै औषधि प्रयोग गर्न निर्देशन दिएका छन् । (साभारः इमेज अनलाइन)
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















