१२ साउन, हेटौँडा । आगमी वर्ष अष्ट्रेलियमा हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै भएको छ । आईसीसी टी–२० एसिया विश्वकप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरो भएको हो ,
आयोजक सिंगापुरले दिएको १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नेपालका लागी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २३ रन बनाउँदा कप्तान पारस खड्काले १२ रन, सोमपाल कामीले ११ रन, विनोद भण्डारीले ९ रन, शरद भेषवकरले ७ रन र रोहित कुमार पौडेल ५ रन बनाए ।
नेपाललाई सस्तैमा रोक्ने क्रममा सिंगापुरका विजय कुमारले ४ विकेट लिए भने विनोथको नाममा २ तथा जनक प्रकाश, अनन्थ कृष्ण, मम्जाद महबुबले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । उसका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको महत्वपूर्ण योगदान दिए । यस्तै सिंगापुरका लागी रोहन रङ्गराजन ४९ रन र मनाप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अभिनाष बोहोराले ४ तथा करण केसीले २ विकेट लिए ।
नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगमी अक्टोबरमा यूएईमा हुने छ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















