१३ साउन, हेटौँडा । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्लाहरुको सरुवा गरेको छ ।
आइतबारको मन्त्री निर्णयबाट २५ जनाको सरुवा भएको हो । तर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको भने यथावत रहेको छ । यसअघि मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी रही कालिकोटमा सरुवा भएका चन्द्रबहादुर कार्कीको कालिकोटबाट धरानस्थित इलाका प्रशासन कार्यालय सरुवा भएको छ । सर्लाही प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको सुनसरी सरुवा भएको छ भने सर्लाहीमा इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसी जाने भएका छन् ।
कपिलवस्तुका रामेश्वर अर्यालको तनहुँ, मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीको तेह्रथुम, तेह्रथुमकी लक्ष्मीदेवी होमागाईंको काभ्रे सरुवा भएको छ । ताप्लेजुङका अर्जुन भण्डारीको मोरङ र डोरेन्द्र निरौलाको ताप्लेजुङ सरुवा भएको छ । कृष्णप्रसाद पन्त पाल्पाबाट प्युठान, प्युठानका बद्रीनाथ गैरेको नुवाकोट सरुवा भएको छ भने कृष्णचन्द्र पौडेलको कालिकोट सरुवा भएको छ ।
वसन्त पुरीको काभ्रेबाट गृह मन्त्रालय, तुलसीराम पौडेलको गोरखा, लक्ष्मी बाँस्कोटाको कारागार सुन्धारा र रुद्रनाथ देवकोटाको अध्यागमन विभागमा सरुवा भएको छ । शम्भु ऐरीको रुपन्देहीबाट रापप विभाग, गृहका ज्ञाननाथ ढकाल म्याग्दी, युवराज कँडेलको दैलेख, बेदनिधि खनालको सोलुखुम्बु, बेदनिधि अधिकारीको रुकुमपूर्व, पुष्पराज पौडेलको रुकुम पश्चिम, मित्रलाल शर्माको गृह मन्त्रालय, नरेन्द्र रानाको गृह मन्त्रालय, लीलाधर अधिकारीको अध्यागमन र खुमकान्त अर्यालको साँखु सरुवा भएको जनाईएको छ ।
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...



-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)











