१७ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिल्वालले शुक्रबार हेटौँडा–६ मा निर्माणाधिन राष्ट्रिय खेलकुद प्रतिष्ठानको निरीक्षण गरेका छन् । गौरीटारमा रहेको प्रतिष्ठानमा पुगेका मूख्यमन्त्री पौडेल र परिषदका सदस्य सचिव सिल्वालसहितका खेलकुद पदाधिकारी भईरहेका कामको बारेमा निरीक्षण गरेका हुन् ।
२२ विगाह क्षेत्रफलमा फैलिएको रंगशालामा अहिले फुटबल मैदान निर्माणको काम भईरहेको छ । प्रशिक्षणका लागि खेलाडीहरुलाई राखी दक्ष बनाईने र उनीहरुको प्रतिभा प्रस्फुटनको अवसर दिईने लक्ष्यका साथ राष्ट्रिय खेलकुद एकेडेमी निर्माण थालिएको थियो । तर कामले भने गति लिन सकेको छैन । निरीक्षण गरेपछि सदस्य सचिव सिल्वालले ‘स्लो मोसन’मा भईरहेको कामलाई गति दिने प्रतिवद्धता व्यक्त गरे ।
उनले काम प्रारमिभक चरणमा भईरहेको भन्दै अन्तराष्ट्रियस्तरको एकेडेमी बनाउन यही पूर्वाधारले नपुग्ने बताए । उनले खेल पिच्छेको खेल मैदान निर्माण, सुविधा सम्पन्न कर्भड हल, खेलाडि र प्रशिक्षक बस्ने ठाउँ र कन्फरेन्स र कक्षा संचालन गर्ने हलको आवश्यकता रहेको बताए ।
५ बर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० बर्ष अघि २ अर्बको गुरुयोजना तयार गरी काम थालिएको प्रतिष्ठानमा अहिले होस्टल र केही संरचनामात्रै बनेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख खुशराज दाहालले बताए । १० बर्ष अघि तयार भएको गुरुयोजना परिमार्जन आवश्यक रहेको बताउँदै उनले यसले लागत समेत एकिन हुने बताए । प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाले प्रदेश सरकारले गौरीटार रगशालालाई प्राथमिकतामा राखेर काम गरेको दावि गरे ।
फुटबल र क्रिकेट मैदान, स्विमिङ पुल, टेनिङ सेन्टर, बहुद्देश्यीय कर्भड हलसहितका १४ वटा संरचना निर्माण गर्नुपर्ने प्रतिष्ठानमा सम्बन्धित निकायको उदासिनताका कारण कछुवा गतिमा काम भईरहेको छ ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















