२० साउन, हेटौँडा । पृथ्वीको चुम्बकीय उत्तरी ध्रुव (म्याग्नेटिक नर्थ पोल) क्यानडाको आर्टिक क्षेत्रबाट रसियास्थित साइबेरियातर्फ अघि बढिरहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् ।
‘नेस्नल सेन्टर्स फर इन्भारोमेन्टल इन्फरमेसन, नोआजले यसमा आइरहेको परिवर्तनबारे सही जानकारी पाउन ‘वल्र्ड म्याग्नेटिक मोडेल’, डब्लुएमएम अपडेट गरेको थियो ।
डब्लुएमएमको नयाँ भर्जन हरेक पाँच वर्षमा रिलिज गर्ने गरिएपनि समय अगावै पोलको गति बढ्न थालेपछि वैज्ञानिकहरुले अपडेट गर्नुपरेको बताएका छन् ।
डब्लुएमएम विशेषगरी जिपिएस र नेभिगेसन प्रणाली अनि नासा लगायतका संस्थाले स्याटलाइटलाई ट्रयाक गर्न, उडान व्यवस्थापन गर्न र स्मार्टफोन लगायत विद्युत्तिय कम्पनीहरुले म्यापमा सुरक्षित दिशा प्रदान गर्न प्रयोग गर्ने गरेका छन् । त्यसैले दिशाको उचित मापनका लागि म्याग्नेटिक पोल महत्वपूर्ण मानिन्छ ।
वास्तवमा पृथ्वीको भित्री भागमा रहेका विभिन्न तरल धातुहरुले नै पोलको स्थान निर्धारण गर्ने गर्दछन् । यस्तोमा त्यहाँ आइरहेको लगातार कम्पनका कारण पनि यस्तो प्रभाव परेको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।
यसरी अठार र उन्नाइसऔँ शताब्दीमा सो पोल उत्तरी क्यानडाबाट पूर्वतर्फ अघि बढिरहेको थियो तर बीसऔँ शताब्दी सुरु भएदेखि भने यो रुसतर्फ अगाडि बढ्न थालेको हो । यसमा पनि एक्काइसौँ शताब्दी पुगेपछि पोलको अघि बढ्ने गति ९ किलोमिटर प्रति वर्ष बाट अहिले ५५ किलोमिटर प्रति वर्ष पुगेको हो ।
यस्तोमा यो प्रक्रिया म्याग्नेटिक पोल पल्टिने संकेत हुन सक्ने बताइएको छ । त्यस्तो भएमा यसलाई प्राकृतिक रुपमा पहिलेको स्थानमा आउन सयौँ हजारौँ वर्ष लाग्न सक्ने बताइएको छ ।
प्रत्येक हजार या सय वर्षमा चुम्बक पल्टिने गरेको वैज्ञानिकहरुको भनाइ छ । यसले मानिसका साथै चराहरुलाई पनि प्रभावित गर्ने बताइएको छ । बसाइँ सराइँका लागि चराले पृथ्वीकै चुम्बकीय धु्रवलाई आधार मानेर आफ्नो दिशा निर्धारण गर्ने गर्दछ । (साभारःबाह्खरी डिजिटल न्युज)
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















