Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

dengue_3-1565053328.jpg

२१ साउन, हेटौँडा । श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ ।
विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । 
राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ ।
इपिडिमियोलोजी एकाईले देशका पाँच जिल्लामा डेङ्गुको सबैभन्दा ठूलो जोखिम देखिएको जनाएको छ । राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ । 
स्वास्थ्यकर्मीहरुले स्थानीय मानिसहरुलाई उच्च ज्वरो आउने, बारम्बार वान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब कम लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्यकेन्द्रमा गई उपचार गर्न आग्रह गरेका छन् ।
उनीहरुले गर्भवतीहरुलाई डेङ्गुको सम्भावित लक्षण देखिनासाथ अस्पतालमा भर्ना भएर उपचार गर्न आग्रह गरेका छन् ।
श्रीलंकामा गत वर्ष ५० जनाभन्दा बढीको डेङ्गुकै कारण मृत्यु भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए । एक प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट श्रीलंका हरेक वर्ष प्रभावित हुने गरेको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार