Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

जवान महिलाहरुमा बढ्दैछ हृदयघातको समस्या 

heart_attack_12_886056201-1565313537.jpg

२४ साउन, हेटौँडा । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् । 
पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । 
५ वर्षको अनुसन्धानमा जवान पुरुषहरुमा हृदयघातको दर केबल ३ प्रतिशतले वृद्धि भएको छ भने यता युवतीहरुमा चाहिँ यही रोग २१ प्रतिशतबाट ३१ प्रतिशत पुगी १० प्रतिशत वृद्धि भएको देखिएको हो ।
अनुसन्धान प्रमुख मेलिसाका अनुसार हाम्रो जनसङ्ख्या बूढो हुँदै गइरहेपनि युवा बिरामीहरुमा ह्दयघात बढी देखिनु असामान्य कुरा हो । यसकारण पनि यो विषयलाई  चिन्ताजनक मानिएको उनी बताउँछिन् । 
मुटुले पर्याप्त रगत प्राप्त गर्न नसक्दा नै मानिसलाई ह्दयघात हुने गर्दछ । हरेक वर्ष अमेरिकामा मात्र करिब ८ लाख मानिसलाई हृदय सम्बन्धी रोगका कारण ह्दयघात हुने गरेको छ जसलाई मृत्युको सबैभन्दा प्रमुख कारण मानिन्छ ।
विश्वव्यापी रुपमा पनि हृदय सम्बन्धी रोगबाट हुने ८५ प्रतिशत मृत्यु हृदयघात या स्ट्रोककै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । 
यसरी अमेरिकामा गरिएको विश्लेषणपछि ३० प्रतिशत अस्पताल भर्ना हुने बिरामी ३४ देखि ५४ वर्षको हुने गरेको पाइएको हो । सो समुहमा ह्दयघातका कारण भर्ना हुने युवकहरुको दर भने १९९५ देखि २०१४ का बीच कम भएको देखिएको छ तर यता जवान महिलाको सङ्ख्यामा भने उलेखनीय वृद्धि भएको हो । 
यसरी यो नतिजालाई वैज्ञानिकहरुले आश्चर्यजनक मानिरहेका छन् र यसको कारणबारे विभिन्न विवाद भइरहेको बताइएको छ । कसैले यसमा मोटोपना जस्ता कारक जिम्मेवार हुन सक्ने अनुमान गरेका छन् भने निद्राको कमी, उच्च रक्तचाप र तनाव लगायतका कारण पनि यस्तो भइरहेको हुन सक्ने बताएका छन् । 
पछिल्लो समय मानिसहरु शारीरिक रुपमा सक्रिय नभएर आफ्नो टेबलमै बढी समय बिताउने गरेकाले पनि शारीरिक अभ्यासको कमीका कारण यस्तो नतिजा निस्किएको  बताइएको छ । गत वर्ष प्रकाशित एक जर्नलमा ५५ वर्ष भन्दा मुनिका युवामा, पुरुषहरुको तुलनामा महिलाहरुमा ह्दयघातको लक्षण बढी देखा पर्ने गरेको बताइएको थियो । तर छाति दुख्ने जस्ता लक्षण देखिएपनि अधिकंश महिलालाई यसबारे थाहा नहुने गरेको बताइएको छ । (बाह्खरी÷सीएनएन)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार