२४ साउन, हेटौँडा । किरा फट्याङ्ग्राको सङ्ख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ ।
अध्ययनका अनुसार विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तिव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातिहरु भने अझ बढ्दै जाने अनुमान गरिएको छ ।
यसरी कृषि, किटनाशकको व्यापक प्रयोग र जलवायु परिवर्तनका कारण किराहरुको सङ्ख्यामा यस्तो गिरावट देखा परेको बताइएको छ । किराफट्याङ्ग्रा जमिनमा बस्ने पृथ्वीका सबैभन्दा धेरै सङ्ख्यामा रहेका प्राणी हुन् जसले मानव जाति सहित विभिन्न प्रजातिलाई फाइदा पुर्याउने गरेका छन् ।
चरा, चमेरा लगायत साना स्तनधारीहरुले आहारका रुपमा किरालाई नै उपभोग गर्ने गरेका छन् भने किराफट्याङ्ग्राले नै विश्वका करिब ७५ प्रतिशत बालीको सेचन गराउने गर्दछन् र साथै माटोलाई खेतीयोग्य राख्न पनि मद्दत गर्दछन् ।
यस्तोमा किराका प्रजाति विनाश हुँदै जानुले सबैभन्दा पहिले मानिसलाई अन्न उब्जाउनमा समस्या गराउँछ भने प्राकृतिक चक्र अर्थात ‘इकोसिस्टम’ मा पनि नकारात्मक असर पर्दछ । किराहरु नै विश्वमा धेरै किसिमका इकोसिस्टमको आधार रहँदै आएको छन् जसको सुरुवात ४ करोड वर्ष अगाडि भएको थियो ।
त्यसैले पनि यसले मानिस लगायत पृथ्वीका सम्पूर्ण प्राणीको जीवनमा विनाशकारी असर पार्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । साथै ८० प्रतिशत जङ्गली विरुवाहरु पनि सेचनका लागि किरामै निर्भर हुन्छन् भने ६० प्रतिशत चराहरुको प्रमुख आहार किरा नै हो ।
यस्तोमा खाद्य श्रोतको कमी भए ठुल्ठुला चराहरुले किराको सट्टा अरु नै जीव चुन्नु पर्ने हुन्छ भने एकअर्कालाई नै प्रहार गर्ने खतरा पनि रहेको छ । यस्तोमा जैविक विविधता जोगाउन र प्राकृतिक सन्तुलन कायम राख्नका पनि किराले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यिनै कारणले गर्दा यो खोजलाई गम्भीरतापूर्वक हेरिएको वैज्ञानिकहरुले बताएका हुन् ।
तर यसअघिका अध्ययनहरुमा पनि पछिल्लो समय केही विशेष प्रजाति जस्तै मौरीले विकसित अर्थतन्त्रहरुमा भारी गिरावटको सामना गरिरहेको देखिएको छ । जोर्नाल बायोलोजिकल कन्जरभेसनमा प्रकाशित यस रिपोर्टले पछिल्ला १३ वर्षमा विश्वभर प्रकाशित ७३ अनुसन्धानहरुको गहिराइमा अध्ययन गरेको दाबी गरेको छ । जसबाट वैज्ञानिकहरुले केही दशकमै पृथ्वीका करिब सबै क्षेत्रबाट ४० प्रतिशत किरा लोप हुन सक्ने चिन्ताजनक निष्कर्ष निकालेका छन् ।
अहिले नै एक तिहाइ किराका प्रजातिलाई लोपोन्मुखमा वर्गीकृत गरिएको छ । यसबारे युनिभर्सिटी अफ सिड्नीबाट डाक्टर फ्रान्सिस्को सानचेज बायोले भनेका छन् – यसमा कृषिगत अभ्यास, शहरीकरण र वनजङ्गल फडानी मुख्य रुपमा जिम्मेवार छन् । यिनै कारण तिनीहरुले आफ्नो वासस्थान गुमाउनु परिरहेको छ । यसपछि किटनाशक र रसायनको विश्वव्यापी प्रयोग अनि प्रदुषणले पनि किराको वासस्थान नष्ट गरिरहेको उनी बताउँछन् । त्यस्तै जिवात्मक तत्वहरुका कारण पनि कतिपय प्रजाति लोप हुँदै गइरहेको बताइएको छ । (बाह्खरी)
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















