नवीन तिमल्सिना
१४ पुस, भारत (सिलिगुडी) ।भारतको सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ ।
कञ्चनजंघा स्टेडियममा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले लजास्पद हार चखाएको हो । नेपालको जीतमा सावित्रा भण्डारी नायक बनिन् । साफमा पहिलो पटक सहभागिता जनाएकी भण्डारीले माल्दिभ्सविरुद्धको खेलमा एक्लैले ५ गोल गरेकी छन् ।
प्रतियोगिताको उद्घाटनमा भुटानविरुद्ध पनि भण्डारीले ६ गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । तीव्र गतिमा दौडिने भण्डारी नेपाली फुटबलमा एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले खेलको १२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । माल्दिभ्सकी गोलरक्षक आइस्हात अबदुल रजाक अगाडि बढेको मौकामा भण्डारीले बललाई चिप गर्दै जाली चुमाइन् ।
सावित्राले नेपालको लागि दोस्रो गोल खेलको २८ औं मिनेटमा गरिन् । दीपा राईले दिएको पासलाई भण्डारीले सेकेन्ड बारमा च्याप्दै बललाई पोष्टको दिशा दिइन् । खेलको ३९ औं मिनेटमा भण्डारीले गोल गर्दै प्रतियोगितामा आफ्नो तेस्रो ह्याट्रिक तथा कुल ९ गोल गर्न सफल भइन् ।
अनिता बस्नेतको क्रस प्रहारलाई माल्दिभ्सकी गोल रक्षक रजाकले बचाउन खोज्दा रिबाउन्ड भएको बललाई भण्डारीले हेड मार्फत् सुन्दर गोल गरिन् ।
सावित्राले खेलको ५० औं मिनेटमा करिब ४० यार्डबाट एक्लै लगेको बललाई माल्दिभ्सकी गोलरक्षक रजाकलाई छक्काउँदै उत्कृष्ट गोल गरिन् । नेपालको लागि ५ औं गोल मञ्जलीकुमारी योञ्जनले ५२ औं मिनेट गोल गरिन् । मिडफिल्डर अनिता बस्नेतले निकालेको क्रस पासलाई सदुपयोग गर्दै योञ्जनले गोल गरेकी हुन् ।
सावित्राले खेलको ६३ औं मिनेटमा अनिताको पासलाई डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेपछि उनको टिमको
लागि ५ औं गोल पुगेको छ । टिमको छैठौं गोल ६५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले गरिन् । खेलको ७१ औं मिनेटमा सावित्राले दिएको पासलाई सपनाले सदुपयोग गर्दा नेपालले माल्दिभ्सविरुद्ध आधा दर्जन गोल ठोकेको हो । खेलको ७४ औं मिनेटमा करिब ३० यार्डबाट हिराकुमारी भुजेलले प्रहार गरेको शक्तिशाली बललाई माल्दिभ्सकी गोलरक्षकले पत्तै पाइनन् ।
नेपालको लागि ९ औं तथा खेलको अन्तिम गोल अतिरिक्त खेलाडी निर्मला विकले खेलको अतिरिक्त समयमा गोल गरिन् । नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग पुस १५ गते खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो ।
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...













-1782436668.jpg)



