Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडामा गाइजात्रा बिशेष कार्यक्रम हुने

IMG_20190811_161957-1565533148.jpg

२६ साउन, हेटौंडा। हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा  गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो।

आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले  नेपालका ख्यातिप्राप्त हास्य कलाकारहरुको उपस्थितिमा प्रदेश प्रदेशमा गाइजात्रा कार्यक्रम अन्तर्गत  पहिलो पटक प्रदेश ३को राजधानी हेटौंडामा गाइजात्रा विषेश कार्यक्रम हुन लागेको जनाएको छ।

गाइजात्रा बिशेष कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, मन्त्रीहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक अन्जन दाहालले बताएका छन्। कार्यक्रमबाट संकलित रकम समाजसेवाको कार्यमा प्रयोग गरिने र कार्यक्रममा करिब ४ सय जनाको सहभागीताको अपेक्षा गरिएको बताउँदै कार्यक्रमका  लागि १ हजार रुपैया दरको टिकटको व्यव्स्था गरिएको छ दाहालले बताएका छन्।

हेटौंडाका विभिन्न स्थान जस्तै ओम्याक्स हल, नारायणी मल, हेटौंडा ४ स्कुलरोडमा रहेको विद्यार्थी पुस्तक पसल, हेटौडा सुपर मार्केट कफीबार, तास हाउस लगायतका स्थानमा टिकट पाइने आयोजनाले बताएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार