Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

नेपाल साफ सेमिफाइनलमा

Sabitra-Bhandari-(1)-1483107479.JPG

नवीन तिमल्सिना
१५ पुस, भारत (सिलिगुडी) । 
भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनलयात्रा तय गरेको छ । समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 
कञ्चनजंघा स्टेडियममा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आत्मघाती गोलको मद्दतमा नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको हो । नेपालको लागि वैकल्पिक खेलाडीको रुपमा ५५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले निर्णायक गोल गरिन् । खेलको ८६ औं मिनेटमा सपनाको कर्नर प्रहार श्रीलंकाली रक्षक आरडिएल गुनावारडानाको खुट्टामा लाग्दै बलले जाली चुमेको थियो ।  
नेपालले श्रीलंकाको गोलपोष्टमा दर्जनौं प्रहार गरेको थियो । श्रीलंकाको बलियो डिफेन्स तोड्न मुस्किल परेको नेपालले केही उत्कृष्ट प्रहार चुकायो । खेलको ७ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले डिबक्स नजिकबाट प्रहार गरेको शक्तिशाली प्रहार क्रस बार नजिकैबाट आकाशियो । 
दीपा राईले निकालेको उत्कृष्ट पासलाई खेलको १३ औं मिनेटमा शर्मिला थापाले डिबक्सभित्रबाट प्रहार गरेको बल आकाशिँदा गोल गर्ने सुनौलो अबसर नेपालले गुमाएको थियो । ४० औं मिनेटमा सावित्रा भण्डारीको फ्रिकिक प्रहारलाई श्रीलंकाली गोलरक्षकले सहजै समातिन् । 
सन २०१४ भएको तेस्रो साफमा नेपालले श्रीलंकालाई ३—० ले पराजित गरेको थियो । यसअघि नेपालले भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० गोल अन्तलरे पराजित गरेको थियो । नेपालले समूह बि को उपविजेतासँग सोमबार फाइनल यात्राको लागि भिड्नेछ । उक्त समूहको विजेता र उपवजेता शनिवार हुने भारत र बंगलादेशको खेलले टुंगो लगाउनेछ । 
समूह ए मा नेपालसहित माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । 
नेपालका प्रशिक्षक कुमार थापाले नेपाली खेलाडीले राम्रो खेलेर पनि श्रीलंकाली टिमको रक्षात्मक खेलका कारण स्कोर बनाउन नसकिएको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार