१६ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्गलिस स्कूलको १७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक केबि खवासले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी कक्षा ९ का सिद्धान्त अधिकारी, अनुशासित विद्यार्थी आयुषा गौतम, अंकिता लामा र सरसफाईमा उत्कृष्ट कृतिषा धिताललाई पुरस्कृत गरिएको थियो । पुरस्कार हेटौँडा–६ चौघडास्थित पुष्प स्टेशनरी एण्ड कस्मेटिक सेन्टर चौघडाले सहयोग गरेको थियो ।
सुनभागा शिक्षा निकेतन कम्पनी संचालक समितिका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रधानाध्यापक केवि खवास, शिक्षिका प्रसन्ना रिजाल र कार्यालय सहयोगी चण्डिका ढकाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्याव्सन मकवानपुरका सचिव विनोद सुवेदी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष साधुराम चौलागाई, संस्थाका प्रवन्ध सञ्चालक रामहरी चौलागाई, संचालक सदस्य गुरुप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समिति सदस्य पार्वति दुलाल, अभिभावक शालिकराम घिमिरे, संचारकर्मी रुपेश दुलाल, भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यार्थीहरुले नृत्य, सचेतनामुलक नाटक र गीत प्रस्तुत गरेर अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















