३२ साउन, हेटौँडा । के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ ? छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ ।
हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो । यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन् ।
वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन् । सर्वेक्षणमा ९० प्रतिशत प्लाष्टिकका कण भेटिएका थिए भने जसमा प्लाष्टिक फाइबरको मात्रा बढी थियो । सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लाष्टक कण भेटिएको छ ।
पहाडी क्षेत्रको समुद्री सतहबाट १०४०० फीटको उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका कणहरु भेटिएका छन् । यद्यपि यो स्पष्ट हुन नसकेपनि प्लाष्टिक कहाँबाट आयो भन्ने कुरा सोचनीय विषय भएको छ । पछिल्लो समयमा प्लाष्टिकको बढ्दो प्रयोग विश्वमै गम्भीर समस्या भएको छ ।
यस अध्ययनपछि विभिन्न प्रश्नहरु उठिरहेका छन् कि हावा, पानी र माटोमा कति प्लाष्टिक जम्मा हुँदैछ । यसअघि वैज्ञानिकहरुले वर्षामा प्लाष्टिकका स–साना कणहरु पत्ता लगाएका थिए । दक्षिणी फ्रान्समा वैज्ञानिकहरुले वर्षासँगै प्लाष्टिकका कण खसेको देखेका थिए । त्यतिबेला समुद्रमा कयौं प्लाष्टिकका टुक्राहरु तैरिरहेको भेटिएको थियो ।
एक अर्को अध्ययनका अनुसार मानिसले प्रत्येक हप्तामा ५ ग्राम प्लाष्टिक खाँदैछन् जुन एक क्रेडिट कार्डको तौल बराबर हुन्छ । सर्वेक्षणमा सहभागी एक सोधकर्ता वीदरबीले भनेका छन, ’सबैभन्दा महत्वपूर्ण कुरा यस अध्ययनबाट बाहिर आएको छ जुन हामीले देख्न सक्नेभन्दा बढी प्लाष्टिक जतातै छ । यो वर्षामा छ, हिउँमा छ र यो वातावरणको एक हिस्सा नै बनेको छ ।’ (साभारः अन्नपूर्ण पोष्ट)
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















