भीमसेन पौडेल
२२ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।
समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई, खेतीमा हेटौडा–६ शान्तीटोलका यादव सापकोटा, हस्तकलामा हेटौँडा–६ कल्याणटारका महेश राई र सरसफाइमा हेटौँडा–६ कालिपोखरीका पुष्पा सापकोटालाई सम्मान गरिएको थियो ।
यसैगरी उत्कृष्ट उपभोक्तामा हेटौडा–६ चौघडाका रामकुमार श्रेष्ठ र पुतलीबजारका दीपककुमार थापा र गढी –६ मक्रान्चुलीका कृष्णप्रसाद तिमल्सिनालाई समेत सम्मान गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष पञ्चमाया स्यांतानको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन दाहाल, जनकल्याण सहकारीका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, समूहका सल्लाहकार साधुराम चौलागाई, कृष्णबहादुर विडारी, कृष्णप्रसाद पोखरेल, उपाध्यक्ष डोरबहादुर अधिकारी, सचिव नानीमाया रुम्बा, पण्डित कृष्णप्रसाद पौडेल, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समूहद्वारा निर्माण गरिएको राधाकृष्ण मन्दिरको प्राणप्रतिष्ठा समेत गरिएको थियो । मन्दिर करिव ३ लाखको लागतमा निर्माण गरिएको हो ।
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)

