Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौंडामा गुन्जिए आचार्य र रसिक

69561749_2329619830621680-1566697420.jpg

८ भदौ, हेटौंडा । १५८ औं नियमित सन्ध्या तथा एकसय ५४ औं मोती जयन्तीको अवसरमा संयुक्त गजल बाचन कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रममा हेटौंडेली कवि तथा गजलकार पुरुषोत्तम आचार्य र निजगढका गजलकार रमेश रसिकले आप्mना रचना बाचन गरेका थिए ।
गजल मञ्च मकवानपुरले आफ्नो १५८ औं नियमित सन्ध्या तथा मोती जयन्तीको अवसरमा संयुक्त गजल बाचन कार्यक्रम राखेको हो । 
पुरुषोत्तम आचार्यको गजल गायन र रसिकका ओजनदार गजल सुनेर सहभागीले भरपूर आनन्द लिएको गजल मञ्च मकवानपुरका सविच केशव समर्पणले बताए । 
कार्यक्रममा गजलकारद्धयले सात÷सात वटा गजल गायन तथा बाचन गरेका थिए । आचार्यले अधिकांश गजल गाएर सुनाएका थिए । उनले विशेष गरी क्रान्तिकारी चेत भएका गजलहरु गाएका थिए । उनको गजलले न्यून वर्गीय नागरिकलाई आफ्नो हक अधिकारको लागि लड्न आह्वान गरेका थिए ।
यस्तै रसिकले पनि वर्तमान देशको राजनीतिक तथ सामाजिक विकृति, विसंगति, बेरोजगारी, गरिबीलगायतका समस्यालाई गजलमा उतारेका थिए । केही शृङ्गारिक गजलहरु पनि उनले पस्केका  थिए । 
कार्यक्रममा नियमित गजल यात्रातर्फ ६ जना गजलकारले आफ्ना गजल प्रस्तुत गरे । गजलकार केशव खड्का, अविनाश थापा, विशाल तिमल्सिना, मनु रेग्मी आशा, सञ्जित श्रेष्ठ र उत्सव अर्यालले गजल बाचन  गरेका थिए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा हास्यब्यङ्ग्यकार  आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्तिप्रिय बन्दना, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, मञ्चका उपाध्यक्ष सिएम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

69633351_2353197504999028-1566697421.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार