१३ भदौ, हेटौंडा । नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार डिफेन्डर डायकलाई यो अवार्ड प्रदान गरेको हो । उनलाई गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको हो ।
उनले बार्सिलोना तथा अर्जे्िन्टनाका लियोनल मेस्सी र पोचुर्गल तथा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
डायकले यो सिजन लिभरपुलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए । डायकले ‘युईएफए डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् ।
यी अवार्ड युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा प्रदान गरिएको हो ।
यस्तै महिलातर्फको प्लेयर अफ दि वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।
यस्तै गत सिजन आयाक्सलाई सेमिफाइनलसम्मको सानदार यात्रा दिलाउने क्रममा नायक बनेका फ्रेन्की डि जोङ युरोपकै उत्कृष्ट मिडफिल्डर चयन भएका छन् ।
बिहीबार राति फ्रान्समा भएको एक समारोहबीच उनलाई यूईएफए उत्कृष्ट मिडफिल्डरको रुपमा अवार्ड दिइएको हो ।
यस्तै युरोपको उत्कृष्ट फर्वार्डको रुपमा लियोनल मेस्सीलाई सम्मान गरिएको छ । योसँगै मेस्सीले यूईएफएमा उत्कृष्ट फर्वाडको अवार्ड पाँच पटक जितेका छन् ।
च्याम्पियन्स लिग विजेता टोली लिभरपुलका भिर्गिल भान डाइक उत्कृष्ट डिफेन्डर र गोलरक्षक एलिसन बेकर उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । (एजेन्सी)
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









