Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

राज्यमन्त्री बानियाँद्वारा महायज्ञमा १ लाख ११ हजार दान

Mahayagya-Dobhanchaur-1483962828.jpg

२५ पुस, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा सोमबारदेखि शुरु भएको श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले १ लाख ११ हजार १ सय ११ रुपैँया दान गरेका छन् । कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै बानियाँले सहयोग गरेका हुन् ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले आध्यामिक चिन्तन विना मानवताको विकास नहुने हुँदा यसतर्फ लाग्न सबैलाई आग्रह गरे । उनले सबै धर्मले राम्रो बाटो देखाउने हुँदा सबै धर्मप्रति उत्तिकै सदभाव राख्न सुझाव दिंदै संविधानमा पनि धर्म निरपेक्षताको व्यवस्था गरिएको बताए । सातै प्रदेशमा पर्यटकिय स्थल बनाउने आप्mनो योजना रहेको सुनाउँदै राज्यमन्त्री बानियाँले मुक्तिनाथ, स्वर्गद्वारी, पाथिभारा, लुम्बिनी, जनकपुरधाम लगायतका क्षेत्रको विकासमा पाँच बर्षे गुरुयोजनासहित काम गर्ने बताए ।

मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समिति सदस्य रामबाबु बानियाँ, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, हंसलोक जनकल्याण समितिका अध्यक्ष भोला थापा, संचारकर्मी सविन न्यौपाने, विद्यालयका पूर्व प्रधानाध्यापक राजेश्वर देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञ उद्घाटन अघि महायज्ञस्थलबाट शुरु भएको कलश यात्रा हटिया, हर्नामाडि लगायतका क्षेत्र परिक्रमा गरी कार्यक्रमस्थलमा समापन भएको थियो । माघ ३ गतेसम्म संचालन हुने महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गर्ने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg