Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा सुरु

एफसी इन्टरनेट, सहीद स्मृति क्लव बागमति,  र मदन भण्डारी स्पोर्टस्को विजयी सुरुवात

gaja-fadani-9-1567607647.jpg

१९ भदौ, हेटौंडा । हेटौंडामा बुधबारबाट सुरु भएको दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता एफसी इन्टरनेट सिटी, सहीद स्मृति क्लव बागमति गाउँपालिका र मदन भण्डारी स्पोर्टस् एकेडेमीले विजय सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घटनमा भएको पहिलो खेलमा साविक विजेता एफसी इन्टरनेटले परेली युवा समाज बस्तीपुरलाई ३–० ले हराएको छ । 
इन्टरनेटको जितका लागी मनिष घलानले दुई तथा चन्द्र नेगीले एक गोल गरे । दुई गोल गर्ने घलान खेलको म्यान अफ दी म्याच घोषित भए । 
यस्तै बुधबारनै भएको अर्को खेलमा सहीद स्मृति क्लव बागमति गाउँपालिकाले इन्टरनेट क्लवलाई २–० गोल अन्तरले हराएको छ । बागमतिको जितको लागी उत्कृष्ट प्रदर्शन गरेका रत्न मगर म्यान अफ द म्याच घोषित भए । 
यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमी र हेटौंडा फुटबल एकेडेमी विच भएको खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी ४–० गोलको फराकिलो अन्तरले विजयी भएको छ । उसका लागी दुई गोल गरेका अविनास खड्का म्यान अफ दी म्याच घोषित भए । 
यस्तै बुधबारको चौथो खेल बराबरीमा टुङ्गिएको छ । बुधबार भएको चौथो खेलमा न्यू कम्बाइन्ड क्लवले र प्रगतिशील युवा क्लवले २–२ गोलको बराबरी खेलेका छन् । उक्त खेलको म्यान अफ दी म्याच प्रगतिशीलका बुद्ध लामा घोषित भए । 
भदौ १७ गते मंगलबारबाट सुरु हुने भनिएको प्रतियोगिता बर्षाको कारण अबरुद्ध भएपछि बुधबार बिहानबाट सुरु भएको हो । 
जिल्ला लिगका लागी दर्ता भएका ३३ वटा क्लबलाई ८ वटा समूहमा विभाजन गरी प्रतियोगिता सुरुभएको हो ।  लिगको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

gaja-fadani-8-1567607647.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार