१९ भदौ, हेटौंडा । वायु प्रदुषणका कारण हुने मानिसको मृत्युको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ ।
यस्तोमा विश्वभर ८८ लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो ।
विकसित युरोपेली राष्ट्रहरुमा समेत करिब आठ लाख मानिसको प्रदुषणकै कारण असामयिक मृत्यु भएको चिनियाँ राष्ट्रिय सञ्चार सिजिटिएनले जनाएको छ ।
वैज्ञानिकहरुले मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने ४०–८० प्रतिशत मानिसको आर्टरी धुलोधुँवाका कारण अवरुद्ध हुने गरेको पत्ता लगाएका हुन् । यसको अर्थ धुम्रपानबाट भन्दा मानिसहरु प्रदुषणका कारण असामयिक मृत्युको शिकार भइरहेका छन् ।
यसअघि विश्व स्वास्थ्य संगठनले पनि २०१५ को रिपोर्टपछि प्रदुषण नै अतिरिक्त ७२ लाख मानिसको मृत्युका लागि जिम्मेमार रहेको उल्लेख गरेको थियो ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार दुषित हावाका कारण मुटु सम्बन्धी रोग लाग्ने क्रम धेरै वृद्धि भइसकेको छ । यसैले पनि धुम्रपानबाट बरु बच्न सकिने तर वायुप्रदुषणबाट टाढा रहन नसकिने अनुसन्धानका प्रमुख, प्रोफेसर थोमस बताउँछन् ।
यसअघि अत्यन्तै सुक्ष्म धुलोका कणहरुमा हुने नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र जमिनको सतहको ओ–जोन का कारण अन्न उत्पादनमा समेत समस्या देखा परिरहेको बताइएको थियो ।
युरोपमा मात्र वार्षिक ८ लाख मानिसको धुलोधुँवका कारण मृत्यु हुने गरेको छ भने यसले सबैको औसत आयुलाई दुई वर्षले घटाइरहेको बताइएको छ ।
विशेषगरी पूर्वी युरोपेली राष्ट्र सहित बल्गेरिया, क्रोएसिया, रोमानिया र युक्रेनमा प्रति १ लाख जनसङ्ख्यामा २०० जनाको मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै यता जर्मनीमा १५४ पोल्यान्डमा १५० र बेलायतमा पनि वायु प्रदुषणले प्रति ९८ को ज्यान लिइसकेको छ ।
घना जनसंख्या र कम गुणस्तरको वायुका कारण नै युरोपमा धेरै मानिसले दूीषत हावा लिइरहेको हुँदा अतिरिक्त मृत्युको संख्या बढ्न पुगेको बताइएको छ । (साभारः बाह्खरी)
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















