Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नयाँ शक्तिको दोस्रो चरणको अभियान शुरू

naya-1484028803.jpg

२६ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरको ‘घरघरमा नयाँ शक्ति’ अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । संगठन विस्तार, सदस्यता वितरण तथा हस्ताक्षर अभियान सोमबार मनहरी गाउँपालिकाबाट शुरू भएको हो ।
मनहरी गाउँँपालिकाको रजैया केन्द्रमा भएको कार्यक्रमले १५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी गठन गरेको छ । गाउँपालिकास्तरीय बैठकले प्रकाश मैनालीको संयोजकत्वमा अभियान कमिटी गठन गरेको हो । जसको सहसंयोजकमा निखिल पौडेल, मानबहादुर स्याङ्तान, गोपिलाल विक र तिर्थराज सुबेदी रहेका छन् ।

गाउँपालिकाको ९ वटा वडामा समेत संयोजकहरु तोकिएको छ । गाउँपालिकास्तरीय बैठकले १ नम्बर वडामा चन्द्रबहादुर मोक्तानलाई अभियान संयोजकको जिम्मेवारी दिइएको छ भने २ नम्बर वडामा नवराज गौतम, ३ मा सूर्य बहादुर गोले ४ नम्बरमा शिशुपाल बस्नेत र ५ नम्बर वडामा माधव सापकोटालाई जिम्मेवारी तोेकिएको छ । 
त्यसैगरी ६ नम्बर वडामा गोपिलाल विश्वकर्मा ७ नम्बर वडामा विकेन्द्र गोले ८ मा अनन्त सुबेदी र ९ नम्बर वडामा सानुमाया प्रजालाई संयोजक तोकिएको छ । 
सोमबार नै मनहरी गाउँपालिकास्तरीय राष्ट्रिय युवा अभियानको कमिटीसमेत गठन गरिएको छ । इमानसिं मोक्तानको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा जीवन जिम्बा र अविनाश घलान रहेका छन् । त्यस्तै सचिवमा निरन्जन उप्रेतीलाई जिम्मेवारी दिइएको छ भने सहसचिवमा हर्कमान वाइबा चयन भएका छन् ।

अभियानको सदस्यहरुमा गुणराज विक, सुनिल थापा, प्रकाश राई, सुरेश गोले शुक्रराज गोपाली लगायत रहेका छन् । प्रकाश मैनालीको संयोजकत्वमा भएको बैठकमा पार्टीका ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा घरघरमा नयाँँ शक्ति अभियान मकवानपुरका संयोजक विवेक वाइबा, मनहरी गाउँपालिका उत्प्रेरक अम्बर बहादुर लामा, कैलाश गाउँपालिका उत्प्रेरक टंक हिमडुङ, युवा अभियानका ३ नम्बर प्रदेश सहसंयोजक तुफान विक्रम क्षेत्री, शिक्षक समाजका केन्द्रीय सदस्य प्रमोद अधिकारी, उत्पादन तथा स्वरोजगार जिल्ला समितिका संयोजक राजन मैनाली, दलित तथा अल्पसंख्यक विभागका प्रमुख लिलाराज सुनारलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg