२१भदौ, हेटौंडा। मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको हाँडीखोला यूथ क्लबलाई जर्सी सहित आवश्यक खेल सामाग्री सहयोग गरिएको छ।
हंस निर्माण सेवाले क्लबलाई आवश्यक जर्सी सहित खेल सामाग्री सहयोग गरेको छ । मनहरी गाउँपालिका–५ हाँडीखोला डिल्लीपुर निवासी युवा व्यवसायी राजकुमार बर्तौला सञ्चालक रहेको हंस निर्माण सेवाले एकसेट जर्सीसहित आवश्यक सामग्री सहयोग गरेको हो ।
शनिबार एक कार्यक्रमकाबीच बर्तौलाले हाँडीखोला यूथ क्लबका अध्यक्ष गणेशदर्पण अधिकारी, उपाध्यक्ष शिवराज बर्तौला, सचिव आशिष बर्तौलासहित क्लवका पदाधिकारी एवम् खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व एवम् खेलकुदलाई बढावा दिने उद्देश्यले सहयोग गरिएको राजकुमार बर्तौलाले बताए । ‘यसअघि हाँडीखोलाको प्रतिनिधित्व गरेर जिल्ला लिगमा कुनै क्लब सहभागी भएको थाहा छैन । यो पटक हाँडीखोला यूथ सहभागी भएको छ’, उनले भने, ‘नयाँ क्लब भएकोले सहयोग आवश्यक ठानेर जर्सीसहित आवश्यक सामग्री उपलब्ध गराएको हुँ ।’ उनले करिब २५ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका हुन् ।
।आगामी दिनमा समेत आवश्यक सहयोग जारी रहने बर्तौलाले प्रतिबद्धता जनाएका छन् । जिल्ला लिग फुटबलको लागि हाँडीखोला यूथ क्लवलको टोली तयार रहेको क्लवका कोषाध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए । छोटो समयमा हाँडीखोला क्षेत्रकै युवा खेलाडीलाई समेटेर टिम तयार पारिएको जानकारी दिँदै उनले आगामी बर्षहरुको लागि थप तयारी गरिने बताए । हाँडीखोला यूथ क्लवले पहिलो खेल आइतबार बिहान हटिया स्पोर्टस् एकेडेमीसंग खेल्दैछ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









