२५ भदौ, हेटौंडा । भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय युवकले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।
रघुबीर कुम्भर नामका ती युवकलाई पब्जी खेल्ने लत लागेको थियो र त्यसले उनको पढाइमा असर गरिरहेको थियो । बेलगावीका प्रहरी कमिस्नर बीएस लोकेशकुमारले बीबीसीलाई बताएअनुसार सो युवकलाई पब्जीको लत रहेकोले उनी आफ्ना बाबुले मोबाइल चार्ज गरे हुन्थ्यो भन्ने चाहन्थे ताकि गेम खेल्न सकियोस् ।
यो विषयलाई लिएर बाबु छोराको सो दिन झगडासमेत भएको थियो । त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरेको थियो । लगत्तै उसले आफ्नो बाबुको हत्या गरेको थियो । सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्किन् । छिमेकीले प्रहरीलाई बोलाए । रघुबीरलाई प्रहरीले गिरफ्तार गरेको छ ।
युवकका पिता शेखरप्पा प्रहरी विभागका अवकाश प्राप्त कर्मचारी हुन् । उनले सो घटनाको एक दिनअघि आफ्नो छोराको लतको बारेमा प्रहरीलाई सूचना दिएका थिए । प्रहरीलाई उनले आफ्नो छोराले घरमा ढुंगा फ्याक्ने गरेको समेत बताएका थिए । सो विषयलाई लिएर शेखरप्पा प्रहरी स्टेशनमा जानुपरेको थियो ।
रघुबीरमाथि मोबाइल गेम खेल्न नदिँदा गर्दा घरमा ढुंगा प्रहार गर्ने गरेको आरोप पहिला नै लागेको थियो । यस प्रकारको व्यवहारले रघुबीरको मानसिक अवस्थाको अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् ।
नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेजका अतिरिक्त प्रोफेसर डा. मनोजकुमार शर्माले बीबीसीलाई भने,“जब आमा बाबुले बच्चासँग मोबाइल फोन फिर्ता लिन्छन् वा उनीहरुलाई गेम खेल्न दिँदैनन् त्यसले गेमको लतमा परेका बच्चालाई सबैभन्दा बढी असजिलो महसुस हुन्छ । उनीहरु चिडचिडाहट र रिस देखाउन थाल्दछन् ।”
डा. शर्मा अहिलेसम्म खेलका कारणले कसैको व्यवहारमा परिवर्तन आएको प्रमाण फेला नपरे पनि हिंस्रक गेम खेल्नाले उनीहरुको व्यवहारमा परिवर्तन आएको आफन्तहरुले बताएको उल्लेख गर्छन् ।
उनका अनुसार यसप्रकारको व्यवहारको मुख्य कारण मानिस बाहिरको दुनियाँसँग पुरै सम्पर्कविच्छेद अवस्थामा रहनु हो । उनीहरुले यही आफ्नो दुनियाँ भएको सोचिरहेका हुन्छन् ।
डा. शर्मा यस्ता गेम खेल्ने कतिपयलाई कुनै प्लेयर, स्ट्रीमर वा गेम डेभलपरको जस्तो रोजगारी समेत मिल्ने विश्वास पलाउने गरेको बताउँछन् । पछिल्लो समयमा आएर यस्ता विषयमा मनोवैज्ञानिक तथा मनोचिकित्सकले चिन्ता व्यक्त गर्न थालेका छन् ।
डा. शर्माका अनुसार उनको क्लिनिकमा आउने १० जनामा सात वा आठ मानिस अत्यधिक मोबाइल प्रयोगका कारण समस्यामा पर्ने गरेको पाइएको छ ।
उत्तरी कर्णाटकको हुबलीस्थित मानस इन्स्टिच्युट अफ मेन्टल हेल्थका सिनियर मनोचिकित्सक डा. विनोद कुलकर्णी भन्छन, “हामीलाई ग्रामीण तहबाट पनि तीन चार सय मामिला त्यस्ता आएका छन् जसमा मोबाइल फोनका कारण समस्या परेको पाइएको छ । उनीहरुले मोबाइलको लतका कारण समस्या आएको बताउने गरेका छन् ।”
डा. शर्मा लतको शिकार भएका व्यक्तिलाई एकै झड्कामा लतबाट मुक्त गर्न असम्भव हुने बताउँछन् ।
यस्ता व्यक्तिलाई विस्तारै जागरुक बनाउन आवश्यक हुने उनको भनाइ छ । उनी त्यस्तो लत भएका बच्चालाई काउन्सिलिङ गर्नुपर्ने समेत बताउँछन् । गेम खेल्नु खराब कुरा नभए पनि अति नै खेल्नुले भने समस्या ल्याउने उनको भनाइ छ । (बाह्खरी÷बीबीसी)
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















