२ माघ, काठमाडौं । स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ रहेको ईकान्तिपुरले समाचार बनाएको छ ।
उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।
लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमति अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए ।
बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो ।
‘काम सकेर घर खाना खाइ नर्मल सुतेको मान्छे एक्कासी त्यो अवस्थामा पाउंदा हामी आश्चर्यचकित भयौं,’ एक आफन्तजनले भने, ‘यमको लोकप्रियता सन् २०१२ तिर खुबै चुलिएको थियो । बेलायत आएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा भएको हुनसक्छ ।’
सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी । २५ वर्षकै उमेरमा विधवा बनेकी यमकी श्रीमती र समस्त परिवार यतिखेर शोकमा छ ।
आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने सोचमा रहेको उनका एक आफन्तले जनाए । ‘मसँग बारम्बार कुराकानी भइरहन्थ्यो । एल्बम निकालेपछि ति गीतहरु आइट्यून, गुगल प्ले, एप्पल र स्पोटीफाइमा राख्ने योजना यमले सुनाएका थिए,’ तिनले भने ।
यमले आगामी ११ फेब्रुअरीमा ‘भ्यालेन्टाइन वीकेन्ड’ कार्यक्रम गर्ने तयारी गरिरहेको उक्त कार्यक्रमका एक संयोजकले जानकारी दिएका छन् । उलवीच लोटस क्लबमा कार्यक्रम गर्न हल बुकिङ समेत भइसकेको थियो ।
हाल उनको शव ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा छ । शवको पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी एकमात्र छोरा भएकाले अन्त्येष्टि नेपालमै गर्ने चाहना बाबुको छ । यतिखेर यमकी आमा र दिदी अष्ट्रेलिया र बहिनी अमेरिकामा पिएचडी गर्दै छन् ।
अधिकारी नयाँ एल्बम ‘खतरा’ समेत छिट्टै बजारमा ल्याउने तयारीमा थिए । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)