४ माघ, हेटौँडा । आफ्नो समय सकिनु २ दिन अघि हेटौँडा अस्पतालका अध्यक्ष सुनिल मोक्तानले राजिनामा दिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि कसरत तिब्र बनेको छ । नेपाली काँग्रेसको कोटामा स्वास्थ्य मन्त्रालय रहेकाले नेपाली काँग्रेसमा अध्यक्ष बन्ने होड शुरु भएको हो ।
मकवानपुरबाट काँग्रेसका केही नेताहरु अध्यक्ष नियुक्तिका लागि केन्द्रमा दौडधुपमा जुटेको स्रोतको दावि छ । केही समय अघि आधा दर्जन नेताहरुले इच्छा राखेपनि योग्यताको विषय उठेपछि पछिल्लो समय तीन जनाको नाम चर्चा रहेको छ ।
स्रोतका अनुसार नेपाली काँग्रेसका नेता रमेश गिरी, विद्यार्थी नेता एवं उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत र नेपाल सरकारका पूर्व उपसचिव तिर्थराज पराजुलीको नाम चर्चामा छ । पराजुली हाँडिखोलाका बासिन्दा हुन् । उनले करिव २ बर्ष अघि सरकारी सेवाबाट अवकाश प्राप्त गरेका थिए । प्रमुख जिल्ला अधिकारीको अनुभव समेत हासिल गरेका उनलाई अध्यक्ष बनाउन एक समूह लागि परेको छ । एक महिना अघिदेखि उनको नाम काँग्रेसीजनमा चर्चामा रहेको छ । उनी नेपाली काँग्रेसका महाधिवेशन एवं महासमिति सदस्य भरत पराजुलीका दाजु हुन् । अन्य राजनैतिक दलले समेत उनको नाममा सकारात्मक प्रतिक्रिया दिएको जनाईन्छ ।
तर काँग्रेस जिल्ला बृत्तमा भने जिल्लामा सक्रिय नेता कार्यकर्तालाई नै अवसर दिनुपर्ने आवाज उठिरहेको छ । पार्टीमा उपसभापति भईसकेका र डिएलएमा सक्रिय गिरीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै एक टोली राजधानी पुगेको जनाईन्छ ।
विद्यार्थी राजनीति र व्यवसायिक बृतमा सक्रिय राउतलाई अध्यक्ष बनाउन केन्द्रमा समेत सकारात्मक पहल भईरहेको उनी निकट स्रोतको दावि छ । आफुलाई पनि योग्य उम्मेदवारको रुपमा स्वास्थ्यमन्त्री गगन थापा समक्ष राउतले दावि प्रस्तुत गरेका छन् । उनीहरुमध्ये कसैलाई पनि पार्टी जिल्लाबाट सिफारिस भई नसकेको एक जिल्ला सदस्यले दावि गरे ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)