४ असोज, हेटौंडा । हटिया स्पोर्ट्स एकेडेमीको आयोजना भएको पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका खेलकुद विकास समितिले जितेको छ ।
हेटौंडा उपमहानगरपालिका १७ हटिया स्थित नेपाल चौरमा शनिबार सम्पन्न भएको फाइनल खेलमा थाहानगर भलिबल टिम बज्रबाराहीलाई २५–२३, २५–२१ र २६–२४ को सोझो सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले उपाधि जितेको हो ।
जितसंगै थाहानगर खेलकुद विकास समितिले नगद ८० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको बज्रबाराहीले ४० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका थाहा नगरपालिका खेलकुद विकास समितिका सविन कार्कीले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका विद्यागत खेलाडीहरुले पुनि पुरस्कार प्राप्त गरेका छन् । यसरी पुरस्कृत हुनेमा उत्कृट ब्लकर थाहाका किरण गिरी, उत्कृष्ट सेटर थाहाका सुशील लो र उत्कृष्ट प्रशिक्षक थाहाकै शंकर कार्की रहेका छन्् । यस्तै उत्कृष्ट स्पाइकर भने थाहानगर भलिबल टिम बज्रबाराहीका बलराम सुवेदी घोषित भए । उनीहरुले पुरस्कार स्वरुप जनही दुई हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रदेश नम्बर ३ नेपाली कांग्रेस संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छबि सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैगरी नगद ७ हजार राशीको पदमकुमारी राउत स्मृति खेलकुद पत्रकारिता पुरस्कार कान्तिपुरका मकवानपुर सम्बाददाता प्रताप बिष्टलाई प्रदान गरिएको छ । पुरस्कार स्थानीय शंकर राउतले आफनाी आमाको स्कृतिमा स्थापना गरेका हुन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















