Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रेडियो मकवानपुर र टिम टिभि मिडिया कपको सेमिफाइनलमा 

70769414_1021526498988270-1569507998.jpg

९ असोज, हेटौंडा । रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकात्सवको अवसरमा हेटौंडामा भएको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत विहिबार ५ खेल सम्पन्न भएका छन् ।
बिहिबार बिहान भएको पहिलो खेलमा रेडियो मकवानपुर बिजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । रेडियो मकवानपुरले पत्रकार महासंघ मकवानपुरलाई ६–१ ले गोल अन्तरले पराजित गरेको हो । 
रेडियो मकवानपुरको जितका लागी गणेश दर्पण अधिकारी, कुमार अधिकारी विजय पौडेल, इमान घलान र विक्रम बानियाँले गोल गरे । यस्तै महासंघका तर्फबाट रामशरण दुलालले सान्त्वना एक गोल फर्काए ।
यसैगरी विहिबारनै भएको प्रतियोगिताको दोश्रो खेलमा रेडियो सरोबर टाईब्रेकरमा विजयी भएको छ । रेडियो सरोबरले रेडियो बुलेटिनलाई टाईब्रेकरमा हराएको हो । निर्धारित समयमा दुबै तर्फबाट दुई दुई गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
यस्तै तेश्रो खेलमा रेडियो पालुङले थाहा सञ्चारलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । बिहिबारनै भएको अर्को खेलमा टिम टेलिभिजन बिजयी भएको छ । टिम टेलिभिजनले हेटौंडा एफएमलाई ९–२ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । टेलिभिजनको तर्फबाट मनिष खड्काले दोहोर ह्याट्रिक गर्दा पुष्पराज अधिकारीले २ र बालकृष्ण अधिकारीले १ गोल गरे । 
यसैगरी विहिबारको अन्तिम खेलमा रेडियो सरोबर आयोजक रेडियो सन्देशलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । सरोवरले सन्देशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । 
यसअघि विहिबार बिहान फुटसल प्रतियोगिताको उद्घाटको क्रममा नेपाल पत्रकार महासंघ मकवानपुर र मकवानपुरका राजनितिककर्मी विच मैत्रिपुर्ण फुटसल प्रतियोगिता भएको थियो । उक्त खेलमा पत्रकारको टिमले राजनीतिककर्मी लाई २–१ गोल अन्तरले पराजित गर्यो । पत्रकारका तर्फबाट महासंघका उपाध्यक्ष कुमार अधिकारी पोष्टराज र सचिव गणेश दर्पण अधिकारीले गोल गरे भने राजनितिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सदस्य हरि वाग्लेले गोल गरेका थिए ।
 

71153743_454380072087062_-1569507999.jpg
IMG_0241-1569508049.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार