रुपेश दुलाल
६ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो ।
हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल हल, फार्मेसी, पोलिक्लिनिक, प्याथोलोजी र औषधी वितरक सडक विस्तार अभियानबाट प्रभावित हुन छन् । हेटौँडामा सबैभन्दा बढि राप्तिरोडमा २४ स्वास्थ्य संस्था रहेका छन् । हेटौँडा अस्पताल परिसरमा रहेका चार र सडकमा रहेका आधा दर्जन मेडिकल रहेका संरचना सडक कार्यालयले भत्काईसकेको छ ।
सडक विस्तारका क्रममा राप्तिरोडमा रहेका यति ड्रग हाउस, हिमालयन डेन्टल, किसन फर्मा, रामजानकी मेडिकल हल, भुटनदेवी मेडिकल, युनियन ड्रग हाउस, मनकामना फार्मेसी, शुभकामना डिष्ट्रिव्युटर, भडारी मेडिकल, सफल फार्मेसी, गुराँस मेडिकल, त्रिवेणी मेडिकल, दोलखा मेडिकल, गगन मेडिकल, गौतम फार्मेसी, स्नेहा फार्मेसी, संगम मेडिकल, अनु सर्जिकल, कान्तिपुर मेडिकल, प्राइम मेडिकल, साझा मेडिकल, चौतारी मेडिकल, इमर्जेन्सी मेकिडल, श्रेष्ठ फार्मेसी विस्थापित हुने जनाईएको छ ।
विस्थापित हुने मध्ये यति ड्रग, शुभकामना र त्रिवेणीले वितरकको पनि काम गर्ने भएकाले जिल्लाका ग्रामिण भेगसम्म पुग्ने औषधीको वितरणमा समेत प्रभाव पर्ने छ ।
त्यसैगरी, मेनरोडमा रहेका तमु फार्मेसी, लाईफो फर्मा, त्रिशक्ति फार्मेसी, शंकर फर्मेसी, निभव मेडिकल, सुस्वास्थ्य डेन्टल, कर्रामा रहेका गढीमाई मेडिकल, युनिक भडारी मेडिकल, चुरियामाई मेडिकल र एचआईडीमा रहेका पुष्पज्योति मेडिकल पनि २५ टिर सडक विस्तारका क्रममा विस्थापित हुने मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले बताए ।
सडक विस्तारका क्रममा ११ वटा ल्यावको सेवा प्रभावित हुने चौलागाईको भनाई छ । हेडम्बा प्याथोलोजि, संगम, दोलखा, निभव, रेडक्रस, हेटौँडा, चौधरी, एनएस, सफल, युनियन प्याथोलोजी र बीरगंज डाईग्नोसिस सेन्टर सडक विस्तारका क्रममा विस्थापित हुने भएका भएका छन् ।
व्यवस्थापनमा जोड
सडक विस्तारका क्रममा स्वास्थ्य संस्था र वितरकको सेवा प्रभावित हुँदा जिल्लामा औषधीको उपलव्धता र सेवामा असर पर्ने स्वास्थ्य सम्बन्धी संघसंस्थाको भनाई छ । सडक विस्तारका क्रममा एकैपटक धेरै स्वास्थ्य संस्था विस्थापित हुँदा भाडामा घर पाउन समस्या रहेको उनीहरुको भनाई छ ।
‘विस्थापित भएका स्वास्थ्य संस्थाहरुलाई एकिकृत रुपमा राख्ने व्यवस्था मिलाउनु जरुरी छ ।’–चौलागाईले भने–‘यसका लागि निश्चित स्थानमा मेडिकल जोन स्थापना गर्न सके सेवामा प्रभावकारिता, गुणस्तरियता र एकरुपता आउने छ ।’ यसबाट स्वास्थ्यकर्मीलाई सेवा दिन सहज र विरामी गठिनबाट समेत जोगिने उनको दावि छ ।
स्वास्थ्य संस्था एकै स्थानमा हुँदा अनुगमनका लागि पनि सहज हुनेछ । स्वास्थ्य सेवा जस्तो गम्भिर क्षेत्रको व्यवस्थापनका लागि सरोकारवाला पक्ष र स्थानीय प्रशासनले छलफल गरी अघि बढ्नु जरुरी देखिन्छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











