११ असोज, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन फुटसल प्रतियोगिता नेपाल विद्यार्थी संघ मकवानपुरले जितेको छ ।
नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर विच भएको खेलमा विद्यार्थी संघ विजयी भएको हो ।
विद्यार्थीले तरुण टोलीलाई ८–७ गोल अन्तरले पराजित गर्यो । नकाउटको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल तरुण दल उपविजेता भयो ।
यसअघि शनिवार विहानै भएको खेलमा नेपाल विद्यार्थी संघले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवापनुर र तरुण दलले नेपाल प्रेस युयिनलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेस मकवापनुरका कार्यबहाक सभापति बिष्णुप्रसाद लामिछानले विजय दशमी, शुभ दिपावली, नेपाल संव र छठको अवसर पारेर आयोजना गरेको प्रतियोगिताले पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुविच मित्रता, भाइचारा र सहकार्यको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सल्लाहाकार प्रभात दाहाल, भरत पराजुली, पार्टी सचिब बुद्ध लामा, पार्टी प्रवक्ता प्रदिप पराजुली, खेलकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य अमृता लामा, प्रेस युनियनका केन्द्रीय सदस्य एवम मध्यामाञ्चल संयोजक राममणी दाहाल, तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवापनुरका अध्यक्ष राजु खतिवडा, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टाराज, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष सर्मिला श्रेष्ठ, नेपाल ट्रेड युनियन मकवानपुरका उपाध्यक्ष तारा कार्की, महिला संघ जिल्ला सचिव निलम देवकोटा लगायतकाको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विजेता बनेको नेविसंघले १७ किलोको खसी सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको तरुण दलले १२ किलोको बोका प्राप्त गरेको प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिए । यस्तै सान्त्वना भएका नेपाल प्रेस युुनियन मकवानपुर र लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले दुई टिमल ५–५ किलोको कुखुरा प्राप्त गरेका छन् ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















