२०७६ सालको वडादशैँ आजबाट प्रारम्भ भएको छ । आज घटस्थापना, दशैको पहिलो दिन, आजबाट नौरथा सुरु भएँसगै शक्तिपिठहरुमा भक्तजनहरुको, बसपार्कमा यात्रुहरुको र बजारमा सर्वसाधारण भिडभाड बढ्दै जान्छ । चाडपर्वको समयमा आपराधिक घटना बढि हुने गरेको छ र शान्ति सुरक्षाका दृष्ट्रिकोणले प्रहरीलाई चुनौति पनि रहने गर्दछ । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरीले मकवानपुरमा कस्तो रणनीति बनाएको छ भन्ने बारेमा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसंग प्रष्ट खबरका प्रमुख संवाददाता सुनिल शिवाकोटीले कुराकानी गरेका छन् । त्यसको सारसंक्षेप ।
मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा रणनीति कस्तो तयार गरेको छ ?
सर्वप्रथम त सम्पूर्णमा विजयादशमीको शुभकामना । आज (आइतबार)बाट नेपालीको घरदैलोमा दशैंको आगमन भईसकेको छ । शक्तिपिठ, यातायात र बजार क्षेत्रमा भिडभाड र सवारी चापले अरु बेलाको भन्दा घटना, दुर्घटना बढ्ने गर्दछन् । चोरी, लुटपाटका घटना पनि यही समय बढि हुन सक्ने भएकाले मकवानपुर प्रहरीले भिडभाड हुने स्थान जस्तै मन्दिर, बैंक र वित्तीय संस्था, बसपार्क, बजार क्षेत्र, सुन पसलमा निगरानी बढाएका छौं । यसका लागि नियमित प्रहरी परिचालनका साथै साईकलमा गस्ती, भ्यानमा गस्ती र सादा पोशाकमा प्रहरी परिचालनको व्यवस्था मिलाएको छ ।
त्यसैगरी, मकवानपुर प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, वडा प्रहरी कार्यालयसहितका सबै इकाईहरुलाई अपराध हुन सक्ने सम्भावित स्थानमा विशेष निगरानी राख्न निर्देशन दिईसकेको छ । त्यस्तै, प्रहरी निरीक्षकको नेतृत्वमा शिघ्र परिचालन टोलिलाई तयारी अवस्थामा राखिएको छ भने कुनै अप्रिय घटना भएमा प्रहरी १० मिनेट भित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ ।
चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने रणनीति के छ ?
पक्कै पनि चाडपर्वमा सर्वसाधारणको भिडभाड हुने स्थान र सर्वसाधारण नभएको स्थानमा आपराधिक घटनाहरु बढी हुने गर्दछन् । अब जिल्लाबाहिर विभिन्न कामको सिलसिलामा रहेका सर्वसाधारण पनि आफ्नो घर गाउँ आउने गर्दछन् । साथीभाई, आफन्त जमघट हुँदा खानपान र विभिन्न खेलका कुराहरु पनि यही समयमा बढि हुने गरेको छ । यी सबै कुरालाई लक्षित गरेर अपराध नियन्त्रणका लागि मकवानपुर प्रहरीले विशेष योजना तयार गरेको छ । पहिलो कुरा त चाडपर्वमा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा सर्वसाधारणलाई हाम्रा प्रहरी इकाईहरुमार्फत सचेत गराउने काम भईरहेको छ । गस्तीलाई अरु समयको भन्दा बढाईएको छ । केही संवेदनशिल मानिएका स्थानमा सिसि क्यामरा साथै प्रहरीको उपस्थितीमा निगरानी बढाइने छ । त्यसैगरी कुकुरसहितको चेकिङ र सादा पोशाकका प्रहरीलाई व्यापक रुपमा परिचालन गरिने छ ।
चाडवाडको समयमा सवारी चाप बढ्दछ, जसकारण सवारी दुर्घटनाको संख्या बढी हुने गरेको छ । यही समयमा मौका छोपी यात्रुहरुबाट बढी भाडा लिने काम हुन्छ ? यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
चाडपर्वको अवधिभर मकवानपुर जिल्लामा पर्ने त्रिभुवन राजपथ, पुर्व–पश्चिम राजमार्ग, काठमाडौ जोड्ने फाखेल सडक खण्ड, सिस्नेरी सडक खण्ड र कान्तिलोकपथ भएर हजारौ सवारी आवतजावत गर्छन् । सवारीहरुले नियम उल्लंघन गरी जथाभावी भाडा लिएर यात्रु चढाएको पाईएका त्यस्ता सवारीलाई तुरुन्तै कारवाही गरी लिएको बढी भाडा यात्रुहरुलाई फिर्ता गरिने छ ।
यात्रुहरु नठगिउन् भनेर केही दिन अगाडी जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको सकृयतामा हेटौँडा–१ चौकिटोल र हेटौँडा–१० बसपार्क क्षेत्रमा यात्रु सहायता कक्षको स्थापना गरिसकिएको छ । त्यसैगरी, मादक पदार्थ र लागुपदार्थ सेवन गरी जथाभावी सवारी चलाउनेलाई तुरुन्तै कारवाही गरिने छ । त्यस्तै प्रहरीको समन्वयमा फरक फरक स्थानमा नियमित र आकस्मिक चेकिङ गरिने छ । यदी यात्रुलाई समस्या परेमा र कुनै सवारीले बढी भाडा लिएमा जिल्ला प्रहरी कार्यालयको १०० र ०५७–५२२००१ मा फोन गर्न अनुरोध गर्दछौं ।
राजमार्गमा लुटपाटका घटना हुन नदिन मकवानपुर प्रहरीको राजमार्ग सुरक्षा गस्ती योजना कस्तो छ ?
मकवानपुरमा मूख्य राजमार्ग क्षेत्र चुरियामाईदेखि लोथरसम्म पर्दछ । हामीले यो क्षेत्रलाई विशेष संवेदनशिल मानेर राजमार्गका लागि छुट्टै सुरक्षा रणनीति तयार गरेका छौं । शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व र कर्तव्य भएको हुँदा राजमार्गमा हुन सक्ने लुटपाटको घटना हुन नदिन राजमार्गमा चेक पोईन्ट खडा गरी चेकजाँच गर्ने, बिगतका बर्ष झैं यस बर्ष पनि रात्रीबस तथा सार्वजनिक सवारी साधनमा हतियारसहित प्रहरी परिचालन गरिने छ । भ्यान तथा मोटरसाइकल गस्ती गरिने, राजमार्ग सडक छेउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्व्यमा युनिटहरु बनाई राजमार्ग गस्ती गरिने छ । चाडपर्वमा मकवानपुर प्रवेश गर्ने सवारीलाई कुकुरसहित चेकजाँच गरिने छ ।
दशैं ढुक्क भएर मान्दा हुन्छ त्यसो भए हैन त ?
हो, मकवानपुरमा दशैं ढुक्क भएर मान्दा हुन्छ । नागरिकको सुरक्षाका लागि नेपाल प्रहरी २४ सैं घण्टा तैनाथ छ । त्यसो त नागरिक पनि सादा पोशाकका प्रहरी नै भएकाले आफ्नो टोल, समाजमा कुनै शंकास्पद व्यक्ति देखे वा गतिविधि भए प्रहरीलाई जानकारी गराई शान्ति सुरक्षा कायम गर्न सहयोगका लागि आग्रह गर्न चाहन्छौं । आफु यात्रा गर्दा सार्वजनिक सवारीमा शंकास्पद गतिविधि भए वा असुरक्षा महसुस भएमा प्रहरीलाई जानकारी दिन पनि आग्रह गर्दछौं । दशैं सामाजिक सद्भाव अभिबृद्धि र टाढा रहेका आफन्त र मित्रहरुको मिलन हुने पर्व हो, यसलाई यही भावनाका साथ मनाउन नेपाल प्रहरी सबैलाई अनुरोध गर्दछ ।
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...
३ जेठ, काठमाडौं। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...
३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...
३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...