६ माघ हेटौडा । प्रर्दशनकारी र प्रहरीको झडपका कारण मकवानपुरको सदरमुकाम हेटौडा विहिबार दिनभर तनावग्रस्त बनेको छ । डिभिजन सडक कार्यालय हेटौडाले सडक विस्तार गर्ने क्रममा झडप भएपछि बजार तनावग्रस्त बनेको हो ।
सडक कार्यालयले राप्तिरोडमा संरचना भत्काउन एक्साभेटर प्रयोग गरेपछि घरधनी र व्यवसायीले प्रदर्शन गरेका थिए । प्रर्दशन नियन्त्रणका लागि परिचालन भएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि जवाफमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रर्दशनकारीले राप्तिरोड र कान्तिराजपथमा टायर समेत बालेका थिए । मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतम नेतृत्वको प्रहरी टोली प्रर्दशनकारीलाई बुद्धचोकबाट पछि हटाउन परिचालन भएको थियो । चोकमा रहेका प्रहरीलाई प्रर्दशनकारीले चारैतिरबाट ढुंगा प्रहार भएको थियो ।
प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा दुबै पक्षका गरी करिव दुई दर्जन घाइते भएका छन् । झडपका कारण हेटौडाको राप्तिरोड, मेनरोड, कान्तिराजपथ, स्कूलरोड, टिसिएन, त्रिभुवनराजपथ क्षेत्रका पसल बन्द भएका थिए । डिभिजन सडक कार्यालयले तीन दिनदेखि पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौडामा २५ मिटर क्षेत्रमा बनेका संरचना भत्काउने कामलाई तिब्रता दिईरहेको छ ।
१५ दिन समय दिने डिभिजन सडक कार्यालयको सहमति विपरित एक्साभेटर प्रयोग हुन थालेपछि आक्रोश बढेको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्र राउतले बताए ।
विहान बजार खुलेको खबर फैलिएपछि किनमेलका लागि बजार आईपुगेका सर्वसाधारण एक्कासी झडप हुँदा ढुंगा र अश्रु ग्याँसमा परेका थिए ।
तस्विर : सुजन विडारी
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)