Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फुटवल : शान्तिटोल र राईजहाई फाइनलमा प्रवेश

Santitol-1570204076.jpg

शान्तिटोल स्पोटर्स क्लब

१७ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टीमले आयोजना गरेको ६ नं. वडा टोल स्तरीय  फुटवल प्रतियोगिताको शुक्रवार भएको खेलमा राईजहाई फुटवल टीम र शान्तिटोल स्पोटर्स क्लब फाईनलमा प्रवेश गरेका छन् । 
बंशगोपाल युवा क्लव र राइजहाई फुटवल टीमविच भएको शुक्रबारको पहिलो सेमिफाईनल खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा राइजहाई फुटवल टिम २–१ ले विजयी भएको हो ।  विजयी टिमको तर्फबाट  कृष्ण श्रेष्ठ र आलोक श्रेष्ठले गोल गरेका थिए भने बंशगोपाल बी को तर्फबाट रोजन बलामीले गोल गरेका थिए । 
यसैगरी, दोश्रो खेलमा शान्तिटोल स्पोटर्स र बंशगोपाल युवा क्लव सी विच भएको खेल अवधीभर २–२ गोल भएपछि खेल टाईबे्रकरमा पुगेको थियो । टाइब्रेकरमा शान्तिटोल स्पोटर्स क्लव ३–१ ले विजयी भएको हो  । विजयी टीमको तर्फबाट रितेश अधिकारी, रिवाज बयलकोटी र सन्तोष राईले गोल गरेका थिए भने बंशगोपाल सी को तर्फबाट निशान घिमिरेले गोल गरेका थिए । शुक्रबारको खेलको म्यान अफ दि म्याच शान्तिटोल स्पोटर्स क्लवका गोलकिपर सुशिल आचार्य र राईजहाईका गोलकिपर निर्मल राई घोषित भए ।  
शनिबारको फाइनल खेलमा बिजेटा टीमले २५ देखि ३० किलोको खसी  र उपविजेताले २० देखि २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल कोईरालाले बताए । प्रतियोगितामा वडाका १४ टीमको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार