२० असोज, हेटौंडा । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस माथि सनसनिपूर्ण जित निकालेको छ । सोमबारको खेलमा नेपालले नेदरल्याण्डसलाई ४ विकेटले हराएको छ ।
नेपालको लागी करन केसीले अलराउन्ड प्रदर्शन गरे । अन्तिम ओभरमा १७ रन आवस्यक हुँदा करण केसीले नेपाललाई जित दिलाएका हुन् ।
नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो ।
नेपालको जितका लागीा लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रनको योगदान दिए भने विनोद भण्डारीले २६ र करन केसीले ३१ रन बनाए । नेदरल्यान्ड्सका लागि रोयलफ मेर्वेले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४३, कोलिन अककेरिमनले २९, एन्टोनियस स्टालले २१ रन र स्टक इडवार्डले १६ रन बनाएका थिए ।
नेपालका लागि करन केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए ।
यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले नेदरल्याण्ड्सविरुद्ध दोस्रो जित निकालेको हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । रनरेटका आधारमा समान जित निकालेको ओमान पहिलो स्थानमा छ ।
ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















