२० असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएको खेलमा सनसनीपूर्ण नतिजा निकाल्नेक्रममा सिटीलाई ओल्भेसले २–० ले पराजित गरेको हो ।
ओल्भेसका तर्फबाट दुवै गोल अड्मा ट्राओरेले गरेका थिए । उनले खेलको अन्तिम १० मिनेटभित्र २ गोल गरेका हुन् ।
हारसँगै सिटी ८ खेलबाट १६ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट २४ अंक जोडेको लिभरपुल पहिलो स्थानमा छ । ओल्भेस समान खेलबाटै १० अंकसहित ११औं स्थानमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि पराजित भएको छ । न्यूकासल युनाइटेडले म्यानयुलाई १–० हराएको हो ।
न्यूकासललाई जित दिलाउन म्याथु लङस्टाफले निर्णायक गोल गरे । उनले खेलको ७२औं मिनेटमा गोल गरेका थिए ।
हारसँगै ८ खेलबाट ९ अंक जोडेको म्यानयु १२औं स्थानमा छ । न्यूकासल समान खेलबाटै ८ अंक जोड्दै १६औं स्थानमा रहेको छ ।
आइतबार राति नै भएका अरु खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । चेल्सीले साउथह्याम्पटनलाई ४–१ ले पराजित र्गयो । यस्तै, आर्सनलले बर्नमाउथलाई १–० ले हरायो ।
यी खेलहरुपछि चेल्सी ८ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा र आर्सनल समान खेलबाटै १५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















