Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रिमियर लिगः म्यानचेस्टर सिटी र म्यानयु पराजित

Man-City-vs-Wolves-Highli-1570441722.jpg

२० असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएको खेलमा सनसनीपूर्ण नतिजा निकाल्नेक्रममा सिटीलाई ओल्भेसले २–० ले पराजित गरेको हो ।
ओल्भेसका तर्फबाट दुवै गोल अड्मा ट्राओरेले गरेका थिए । उनले खेलको अन्तिम १० मिनेटभित्र २ गोल गरेका हुन् ।
हारसँगै सिटी ८ खेलबाट १६ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट २४ अंक जोडेको लिभरपुल पहिलो स्थानमा छ । ओल्भेस समान खेलबाटै १० अंकसहित ११औं स्थानमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि पराजित भएको छ । न्यूकासल युनाइटेडले म्यानयुलाई १–० हराएको हो ।
न्यूकासललाई जित दिलाउन म्याथु लङस्टाफले निर्णायक गोल गरे । उनले खेलको ७२औं मिनेटमा गोल गरेका थिए ।
हारसँगै ८ खेलबाट ९ अंक जोडेको म्यानयु १२औं स्थानमा छ । न्यूकासल समान खेलबाटै ८ अंक जोड्दै १६औं स्थानमा रहेको छ ।
आइतबार राति नै भएका अरु खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । चेल्सीले साउथह्याम्पटनलाई ४–१ ले पराजित र्गयो । यस्तै, आर्सनलले बर्नमाउथलाई १–० ले हरायो ।
यी खेलहरुपछि चेल्सी ८ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा र आर्सनल समान खेलबाटै १५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार