Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पञ्चकन्या आधारभूत विद्यालयमा विवाह !

Panchakanya-School-1485256965.jpg

११ माघ, हेटौँडा । हेटौँडा–२० गैरीगाउँमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा मंगलबार विशेष रौनक थियो । विद्यालयले विद्यालयका अभिभावक, छिमेकी विद्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, संचारकर्मी लगायतलाई आमन्त्रण गरेको थियो ।

शिक्षक र अभिभावक आमन्त्रित पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन व्यस्त देखिन्थे । विद्यालय परिसरमा आधा दर्जन ब्राम्हण जग्गेमा बैद्धिक विधि पुरा गरिरहेका थिए । यि सबै काम विद्यालयमा हुन लागेको विवाह कार्यक्रमका लागि थियो । विद्यालय परिसरमा रहेको बर र पिपलको विवाहका लागि सबैलाई निम्तो गरिएको थियो । ब्राम्हणहरुले बरपिपलको बैद्धिक मन्त्रोचारण गरी विवाह सम्पन्न गरेपछि सबै सहभागिलाई भोजन र प्रसादी ग्रहण गराईएको थियो ।

विद्यालयमै यस्तो विवाह कार्यक्रम भएको आफुले पहिलो पटक देखेको राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डेले प्रतिक्रिया दिए । यसलाई चौतारीको रुपमा विकास गर्ने सोच रहेको विद्यालय शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कालिबहादुर राईले बताए ।
विद्यालय व्यवस्थापन समितिमा सबै महिला
विद्यालयको व्यवस्थापन समितिमा सबै महिला नेतृत्व छानिएका छन् । मंगलबार भएको विशेष अभिभावक भेलाले धनकुमारी राई, लक्ष्मी राई, मनमाया राई र सुन्तली राईलाई व्यवस्थापन समितिको सदस्यमा चयन गरेको हो ।

जनप्रिय उच्च मावि श्रोतकेन्द्रका श्रोत व्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष बीरबहादुर राईको अध्यक्षतामा विशेष अभिभावक भेला भएको हो । भेलामा त्रिभुवन माविका प्रधानाध्यापक शालिकराम घिमिरे, विद्यालयका प्रधानाध्यापक बासुदेव सापकोटा, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कालिबहादुर राई, पूर्व विद्यार्थी अयोध्याकुमार भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Panchakanya-School1-1485256965.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार