Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

'सहकारी महिला सशक्तिकरणको माध्यम'

१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ ।

पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा महिलाको सहभागिता बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । 
कार्यक्रममा सहभागी सहकारी सदस्य महिलाहरुले चुल्होचौको एवम् घाँसदाउरामा व्यस्त रहन बाध्य रहेका महिलाहरु सहकारीको माध्यमबाट सशक्तिकरण भएको बताउँदै महिलाहरुलाई सहकारीमा आबद्ध हुनका लागि अनुरोध गरेका छन् । 
सहकारीमा आबद्धता भएकै कारण अहिले विभिन्न संघसंस्थाको नेतृत्व गर्ने तहमा पदमपोखरीका महिलाहरु पुगेको उनीहरुको भनाई थियो । केही बर्ष अघिसम्म महिलाको नाममात्रको प्रतिनिधित्व हुने गरेको जानकारी दिंदै सहकारीका पूर्व अध्यक्ष लक्ष्मी थिङले पछिल्लो समय विभिन्न संघसंस्थामा नेतृत्व लिनको लागि महिलाहरु चुनाव लड्न समेत तयार हुने गरेको बताईन् ।

सहकारीमा महिलाहरु आबद्ध रहेकै कारण पदमपोखरीको गलत पहिचान अहिले सकारात्मक भएको कार्यक्रमका सहभागीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि एवं रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले महिलाले नेतृत्व गरेको सहकारीहरु देशमै उत्कृष्ट भैरहेको भन्दै अब विकास र राजनीतिमा समेत महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

यस्तै ग्रामीण महिला सेवा केन्द्र मकवानपुर अध्यक्ष लक्ष्मी मोक्तानले सहकारीमा निम्न वर्गका महिलाको निम्ति छुट्टै नीति आवश्यक रहेको बताइन् । महिला मिलन सहकारी अध्यक्ष बिष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहाल, सयपत्री थापा मगर, लक्ष्मी लामा घलान, रमा रिसाल, अनिता सिन्तान, अमिरा स्याङ्तान, सरिता राना मगर, उर्मिला लामा, दिपा लामा, हेमन्ती थापा मगर, सुमित्रा वाइवा, संगीता वाइवालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार