८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै अमरेशको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए थिए । सभामुख ओनसरी घर्तिले अमरेशको भनाई सांसदको रेकर्डबाट हटाउने र संसदहरुलाई मर्यादित भएर बोल्न रुलिङ गरेपछि संसदिय प्रक्रिया अघि बढेको थियो ।
माधव नेपाल भाबुक
छलफलमा भाग लिने क्रममा नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भावुक भएर आफ्नो धारणा राखेका थिए । उनले विगतमा आफु प्रधानमन्त्री भएर एमाले नेतृत्वमा सरकार चलाएपनि आफ्नो कार्यकालमा भएका कामबारे चर्चा नभएको भन्दै आफुलाई यो विषयले घोचेको बताए । उनले अहिलेले एमालले सरकार संचालन गरेपनि आफुहरुले त्यस्तो भान गर्न नपाएको र संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा काम भईरहेको भन्दै गुनासो गरेका थिए । ओलीको नाम नलिई उनले नेपालमा दल भित्र पनि गुट हावि भएको भन्दै यसले देशलाई फाइदा नगर्ने बताए ।
छलफलमा नेपाली काँग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, प्रदीप गिरी, एमालेका राजन भट्टराई, नेकपा माओवादी केन्द्रका राम कार्की, हरिबोल गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशील श्रेष्ठ, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण लगायतले धारणा राखेका थिए ।
संसद बैठक आइतबार बस्ने
संसदमा पेश भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न आइतबार पनि संसद बोलाईएको छ । सभामुख ओनसरी घर्तीले आइतबार विहान ११ बैठक बस्ने भन्दै शनिबारका लागि बैठक स्थगित गरेकी छिन् ।सांसद एवं नेकपा केन्द्रका संयोजक पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि सभामुख घर्तिले तीन छलफल हुने बताएकी थिईन् । आइतबार मतदानबाट प्रस्तावबारे निर्णय लिईनेछ ।
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

-1779325788.jpg)
-1779325219.jpg)









-1778287066.jpg)




