Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसको १ नम्बर क्षेत्रीय प्रशिक्षण शुरू

FB_IMG_1486215539473-1486216226.jpg

२२ माघ, हेटौंडा । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को हर्नामाडी, हटिया, मकवानपुर गढी गाविस र हेटौंडा उपमहानगरपालिको १९ देखि २५ वडासम्मको ७ वटा वडाको एकदिने संयुक्त प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी पहिलो चरणको कार्यक्रम अन्तरगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद मिन विश्वकर्माको प्रमूख आथित्यतता तथा विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति विश्वकर्माले समसामयिक राजनीतिक घट्नाक्रम, राजनीतिक तथा अहिलेको संविधानको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

राज्यमन्त्री बानियाँले विकासको निम्ति आफूले यो क्षेत्र नम्बर १ को लागि आफूले अहिलेसम्म धेरै कार्य गरेको र भोलिका दिनमा पनि आफूले सक्नेसम्म गरिरहने बताउँदै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा हरेक परिवर्तन गर्दै आएकाले विकास र जनताको सपनालाई साकार पार्न र फेरीपनि काँग्रेसले जिते अझ धेरै विकास निर्माणका कार्य हुने भन्दै काँग्रेसलाई जिताउन जनता लाग्नुपर्ने बतााए ।

राज्यमन्त्री बानियाँले लोकतन्त्र जित्नको लागि काँग्रेसको जित अपरिहार्य रहेको बताउँदै विभिन्न ठाउँमा भ्रष्टाचारको आरोप खेपेर आएको मान्छेहरुको बहानाको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरे । 

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य रामबाबु बानियाँ, सल्लाहाकार दामोदर सुवेदी, नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, १ नम्बर क्षेत्रीय सचिव सुभात सिं थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा एमाले, राप्रपा, एमाओवादी र अन्य विभिन्न पार्टी परित्याग गरी क्षेत्र नम्बर १ बाट २ दर्जनभन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बर १ को दोस्रो चरणको प्रशिक्षण कार्यक्रम बकैयाँ गाउँ पालिका अन्र्तगत ठिंगन, मन्थली, शिखरपुर, धियाँल तथा छतिवन गाविसको यही माघ २९ गते हात्तिसुँढेमा  र बाग्मती गाउँपालिकाअन्र्तगत बेतिनी, राईगाउँको फापरवारीमा फागुन १ गते प्रशिक्षक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र महेश दाहालले प्रशिक्षण दिने कार्यक्रम तय भएको काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg