Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्याव्सन मकवानपुर : आज परीक्षा हुन्छ, भोली ठेगान छैन

Exam-1584588549.jpg

Sketch

६ चैत, हेटौंडा । प्याव्सन मकवानपुर अन्तरगत संचालन हुन लागेको परीक्षाबारे अन्यौलता उत्पन्न भएको छ । केही संस्थागत विद्यालयले सरकारले तोके अनुसार चैत ५ गतेभित्र परीक्षा सकेका छन् भने केही विद्यालय भने विहिबारबाट परीक्षा शुरु गर्दैछन् ।

यसले गर्दा अभिभावकमा अन्यौलता शुरु भएको छ । सरकारले एसइई लगायतका परीक्षा स्थगित गरिसकेको अवस्थामा प्याव्सन मकवानपुर अन्तरगत हुने परीक्षाबारे अभिभावकहरु अन्यौलमा परेका छन् । प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीले प्याव्सन अन्तरगतका विद्यालयहरुमा विहिबारको परीक्षा हुने बताए । विहिबार दिउँसो उपमहानगरपालिका अन्तरगतको शिक्षा समितिसहितको बैठक रहेको बताउँदै उनले त्यसपछि थप निर्णय लिने बताए । विद्यार्थीको स्वास्थ्यबारे आफुहरु चनाखो रहेको बताउँदै उनले विहिबार दिउँसो परीक्षाबारे थप निर्णय हुने बताए । 

यता, स्वास्थ्य क्षेत्रका अगुवा एवं मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले सामाजिक सञ्जालमार्फत स्वास्थ्यबारे ख्याल गर्न सुझाव दिएका छन् । उनले परिस्थतिको गम्भिर विश्लेषण गर्दै परीक्षा केही समय पर सार्न समेत उनले संस्थागत विद्यालयसम्बन्धी संस्थाको ध्यानाकर्षण गराएका छन् ।

प्याव्सन अन्तरगत १ देखि ७ सम्मको परीक्षा विहिबारबाट शुरु हुँदैछ । कतिपय संस्थागत विद्यालयले परीक्षा सकिसकेका छन् भने कतिपयको परीक्षा चलिरहेको छ र कतिपयको विहिबारबाट संचालन हुँदैछ । संस्थागत विद्यालयहरुमध्ये प्याव्सन र एनप्याव्सन आवद्ध र आवद्ध नरहेकाबीचमा एकरुपता नरहँदा संस्थागत विद्यालयको परीक्षाबारे अन्यौलता देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार