२६ पुस, हेटौँडा । ३ नम्बर प्रदेशमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा नेपाली कांग्रेसले रणनीतिक जित हासिल गरेको छ । नेपाली कांग्रेसले शनिबार दर्ता भएको प्रदेश राजधानी हेटौँडा र नाम बागमतिमा रणनीतिक जित हासिल गरेको हो ।
अहिलेसम्मको अंकगणितीय हिसाबले प्रदेशको राजधानी मकवानपुरको हेटौँडा र नामकरण बागमति हुने निश्चित छ । नेपाली कांग्रेस आप्mना पार्टी सभापति एवं तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको राजधानी हेटौँडालाई स्थायी बनाउन सफल हुने भएको छ भने साझा नाम बाग्मतिको प्रस्ताव गरेर रणनीतिक जितमा पुगेको हो ।
‘कांग्रेस सभापति शेरबहादुर देउवाले तोकेको राजधानी स्थायी हुन लागेको र साझा नाम बागमतिसमेत प्रस्ताव गरेर रणनीतिक रुपमा कांग्रेसले जीत हासिल गरेको छ ।’–कांग्रेस प्रदेशसभा सदस्य निमा लामाले भने । यसमा कांग्रेसले मात्रै नभई देशले नै जितेको उनको भनाई थियो ।
२ बर्ष अघिदेखि आफ्नो दलले पटक–पटक यसअघि तोकेको अस्थायी राजधानीलाई स्थायी बनाउन संसदसमेत अवरुद्ध गरेको भन्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले निर्णय हुने दिनमा पुग्दा आफुहरु उत्साही भएको बताए । ‘नेपाली कांग्रेस केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी हेटौँडा तोक्नु र मकवानपुर सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबाट साझा नाम बाग्मति प्रस्ताव गर्नु कांग्रेसको महत्वपूर्ण उपलव्धी हो ।’–प्रजाले भने ।
नेपाली कांग्रेस परिस्थितिको मूल्यांकन गरी सकारात्मक निर्णय गर्न सफल रहेको कांग्रेस सांसदहरुको भनाई छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२ प्रदेशसभा सदस्य छन् । प्रदेशको राजधानी र नामकरणबारे आइतबार औपचारिक निर्णय हुँदैछ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



