२चैत, हेटौंडा। हेटौंडा–१७का स्थानियले चुनडाँडामा शिवम् सिमेन्टका गाडी चल्नमा रोक लगाएका छन। हेटौंडा १७ का स्थानीयले आइतबार बिहानैदेखि शिवम्का सवारी चल्न रोक लगाएका हुन। शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका थिए।
उनीहरुले शिवम् सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण त्यस क्षेत्रमा पानी परेपछि सडक हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने समस्या भएको भन्दै स्थानीयले त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाव दिँदा पनि वेवास्ता गरेको भन्दै स्थानीयले आइतबार बिहानै देखि कान्तिलोकपथ सडक खण्ड हेटौडा १७ चुनडाँडामा शिवम् सिमेन्टका सवारी चल्नमा रोक लगाएको स्थानीय दामोदर दाहालले बताएका छन्।उनीहरुले कान्तिलोकपथदेखि शिवमसम्म जाने सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा नगरपालिका, शिवम् लगायत सरोकारवाला निकायमा जानकारी गराएका थिए। कान्तिलोकपथबाट शिवम् सम्म जाने सडक कच्ची हुँदा सो सडक भएर गुड्ने सवारीका टायरमा टाँसिएको धुलो र हिलो कान्तिलोकपथसम्म आउँदै त्यस क्षेत्रमा दिनभर हिलाम्मे र धुलाम्मे हुने गरेको स्थानीयले बताएका छन्।
प्रहरी टोलि उक्त बन्द गरिएको स्थानमा रहेको सम्बन्धित निकायकसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।स्थानियले शिवम् सिमेन्टका सवारी चल्नमा रोक लगाएसंगै शिवम् सिमेन्टमा चल्ने सवारी बिच बाटोमै रोकिएका छन्।
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, लुम्बिनी, ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...
६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...
६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...
६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...