३पुस, हेटौंडा। हेटौंडामा दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको छ।
हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले विभिन्न संघसंस्थाको सहकार्यमा आगामी पुस २५ र २६ गते दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको हो। बुधबार नवोदय शिशु सदनले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका निर्देशक दिपेश जोशिले हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला संग्रहालय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बाल साहित्य समाजको सहकार्यमा बाल कला साहित्य महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ । महोत्सवमा मकवानपुरका तीन दर्जनभन्दा बढी निजी तथा सामुदायिक विद्यालयका ३ हजार पाँच सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने जनाएका छन्।
'हामीले कार्यशालाको माध्यमबाट शिक्षक तथा विद्यार्थीको कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गत वर्षदेखि सुरु भएकोमहोत्सवलाई यसवर्ष पनि निरन्तरता दिन लागेका हौ' जोशिले बताएका छन्।
महोत्सव हेटौंडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदनको प्राङ्गणमा हुने र महोत्सवमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिष्ठित अनुहार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागिता रहनेछ । त्यसैगरी युवा लेखक राधा पौडेल, अमर न्यौपाने लगायतको सहभागिता रहने बताइएको छ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















