१० पुस, हेटौँडा । आज बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । सूर्य ग्रहणमा राशी अनुसार फरक फरकम प्रभाव पर्ने शास्त्रीय मान्यता छ ।
यस पटकको सूर्य ग्रहणमा कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, वृश्चिक,कन्या, धन र मकर राशि हुनेहरूलाई अशुभ बताइएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति पाएका विभिन्न पात्रोहरूमा मेष राशिलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीकष्ट, कर्कटलाई सुखप्राप्ति, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्ति हुने उल्लेख छ।
हेर्न जुरेका राशिवालाले पनि प्रत्यक्ष आँखाले भने ग्रहण हेर्नु हुँदैन । काँसको थाल वा कुनै पनि भाँडामा पानी राखेर वा दुर्बिनलगायत सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सकिने ज्योतिष पण्डित बताउँछन्। यो सूर्यग्रहणमा काठमाडौंमा चन्द्रमाले सूर्यको ३९ प्रतिशतसम्म भाग छेक्ने बताइएको छ। चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट भ्रमण गर्ने तथा पृथ्वीबाट हेर्दा सूर्य आंशिक रूपमा चन्द्रमाद्वारा छेकिने ज्योतिषीहरू बताउँछन् ।
सूर्यग्रहण मूल नक्षत्रमा लाग्ने भएकाले आगामी ६ महिनासम्म मूल नक्षत्रमा कुनै पनि शुभकार्य गर्न नहुने र विशेषगरी मूल नक्षत्रमा जन्म भएका, धनु राशि र धनु लग्न भएका व्यक्तिलाई प्रतिकूल हुने ज्योतिषीहरूको भनाइ छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















