Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सालक पार्कको महायज्ञमा २५ लाख रुपैयाँ संकलन

विडारीले गरे ४ लाख ४४ हजार ४ सय ४४ रुपैँया बराबर सामग्री सहयोगको घोषणा

Daaan-1582120361.jpg

७ फागुन हेटौडा । हेटौंडा–१७ सालक पार्कमा भैरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा बुधवार सम्ममा २५ लाख रुपैयाँ आर्थिक संकलन भएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महायज्ञमा बुधवार मात्रै थप १६ लाख रुपैयाँ संकलन भएको हो । 
बुधवार आनन्दराम पराजुली, आकाश गोले, हरिबहादुर बस्नेत, विष्णु श्रेष्ठ र सरस्वती श्रेष्ठको समूहबाट ५ लाख ११ हजार १ सय ११, उदय विडारीबाट ४ लाख ४४ हजार ४ सय ४४ बराबरको जिन्सी सामान, रंगनाथ दाहालबाट १ लाख ८८ हजार ८ सय ८० बरावरको ईट्टा, विष्णुप्रसाद दहालबाट १ लाख ११ हजार १ सय ११, दाहाल प्रतिष्ठानबाट २६ हजार ३ सय ४०, हेटौडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयबाट २५ हजार, ६ नम्बर वडा कार्यालयबाट १० हजार, बहुआयामिक आयआर्जन समूह ४ नम्बरबाट २२ हजार २ सय २२, रंगलक्ष्मी न्यौपानेबाट तुलादान मार्फत २१ हजार रुपैयाँ संकलन भएको आर्थिक उपसमितिका संयोजक राजन चौलागाईले बताए ।
यसैगरी बखानसिह पाख्रिन, रामप्रसाद पुडासैनी, उत्तम रिमाल, बद्रीप्रसाद लामिछाने, घनप्रसाद गौतम, श्रीप्रसाद न्यौपाने, सुसान्त श्रेष्ठ, लक्ष्मी धिताल, मोर्डन ईन्स्फाक्चरबाट जनही ११ हजार १ सय ११ रुपैयाँ संकलन भएको छ । सप्ताहमा विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालक पार्कको भौतिक संरचना बनाउने प्रयोजनको निमित्त भक्तजनहरुबाट सहयोग गर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।
फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार