कुनै पनि सामाजिक अन्तरसम्बन्ध र अन्तरक्रियाबाट सामाजिक घट्नाहरूकाे जन्म हुन्छ ती घटना समाजका सबै मानिसहरूसंग सम्बन्धित हुन्छ र ती घट्नाहरूकाे प्रभाव जनमानसमा पनि पर्दछ । त्यसैले मानिस एक विश्वव्यापी प्राणी हाे । विश्वका सबै देशहरूले गरेका भाैतिक उत्पादन र बाैद्धिक सिद्धान्त विश्वका सवै समाजका लागि उत्तिकै फलदायी हुन्छ । कुनै पनि घटनाले विचारलाई जन्म दिन्छ । व्यक्ति पिच्छे विचारकाे प्रवाह अलग अलग तरिकावाट सिर्जना हुने भएकाेले विचार(Views)मा मत भिन्नता हुने गर्दछ । विचार व्यक्तिगत अभिव्यक्ति हाे । त्यसपछि अलि धेरै मानिसहरूले जीवनका दर्शनहरूलाई चिन्ने, बुझ्ने र विश्लेषण गर्ने क्रममा सामाजिक घटनाहरूलाई हेर्ने हेराइ (perspective ) विकास हुने गर्दछ । त्यसलाई दृष्टिकोण (perspective) भनिन्छ । यश लेखमा विचारबाट सिर्जना हुने जीवनको दर्शन र समाजशास्त्र विषयको सम्बन्धका बारेमा चर्चा गरिनेछ ।
जीवनलाई हेर्न दृष्टिकोणलाई धेरै समूह वा समाजका ठुलो संख्यामा रहेका वर्गले अभ्यासमा ल्याउने र चर्चा गर्ने गर्नथाले पछि त्यो दृष्टान्त (paradiam) बन्दछ । त्यस्ता दृष्टान्तहरू व्यापक रूपमा लेखिने र पढिने दृष्टिकोणहरूकाे समूह हाे । यसमा आलोचनात्मक दृष्टिकोण हुने गर्दछ, समय सापेक्ष व्याख्या विश्लेषण हुने गर्दछ । ती दृस्टान्तहरूकाे मुलभुत मान्यताहरूलाई एकीकृत गरि सिद्धान्त(theories) काे निर्माण हुने गर्छ । अनि एउटै विषय (descipline) समेट्ने सिद्धान्तहरूकाे समुहलाई models भनिन्छ । यस्ता माेडेलहरू कलेजहरूमा अध्यापन गरिन्छ । यस्तै माेडेलमा सम्बन्धित भएर जीवनमा भएका विभिन्न वाद र प्रतिवादहरूकाे अनुसन्धान हुने गर्दछ । जीवन के हाे ? जीवनमा सफल हुनलाई के के गर्नहुन्छ ? के के कुरा गर्नुबाट बच्नुपर्छ ? एउटा सामान्य नैतिक शिक्षाबाट जीवनको दर्शन शुरू हुन्छ । जीवन दर्शनदे भाैतिक तथा अभाैतिक दुवै पृष्ठभूमिका दृष्टान्तहरू अध्ययनमा समावेश गरेका हुन्छन् । सुखदुखका कारण र ती क्षणहरूमा मानिसले गर्ने अनुभवहरूकाे खाेजीनितिकाे विश्वव्यापी सम्बन्ध नै जीवन दर्शन हाे ।
समाजशास्त्र पनि मानव समाजका सामाजिक अन्तरक्रिया र अन्तरसम्बन्धकाे अध्ययन गर्ने शास्त्र हाे । याे शास्त्रमा पनि कसरी जैविक प्राणीको रूपमा जन्मिएको मानिस सामाजिकीकरणकाे प्रक्रिया पछि सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ? समाजमा अास्था र विश्वासका रूपमा रहेकोे धार्मिक विश्वासमा कसरी paradigm shift हुन्छन् ? समाजमा सामाजिक परिवर्तनका संयन्त्रहरू के के हुन्छन् ? ती कुराहरूलाई वैज्ञानिक विधि र पद्धति अपनाएर अध्ययन अनुसन्धान गरिन्छ । समन्वयात्मक समाजशास्त्रमा त्यो समाजका सामाजिक-साँस्कृतिक, अार्थिक, राजनीतिक र कानुनी पक्षहरूले मानव समाजमा पारेका प्रभावहरू, समस्याहरू र घटनाहरूका कार्यकारण सम्वन्धकाे अध्ययन गर्नुपर्ने कुरामा जाेड दिइएकाे छ ।
वास्तवमा मानिस सामाजिक प्राणी हाे । समाजबाटै मानिसले आफ्ना समस्या समाधान वा आवश्यकताकाे पुर्ति गर्दछ । कुनै पनि समाजमा मानिसको कार्य र कारणलाई नाम दिने कार्य दार्शनिक पक्ष हाे । सामुहिक विचारधारालाई नेतृत्व गर्ने सिपलाई राजनीति भनिन्छ । त्यसैले राजनीतिलाई प्रधान नीति पनि भनिन्छ । समाजशास्त्रमा राजनिति र समाजकाे पनि अध्ययन हुन्छ । मानिसको जीवनमा राजनितीले धेरै प्रभाव पारेको हुन्छ । शासन सत्ताको अपेक्षा राख्दै समाजलाई हित गर्ने उद्देश्यले गरिने क्रियाकलाप नै राजनीति हाे । राजनीतिक विचारधारा अनुसार मानिसका जीवनका क्रियाकलापहरू निर्देशित हुने गर्दछन्, तर कतिपय अवस्थामा राजनीतिक आस्थाबाट माथि उठेका व्यक्तिहरूकाे जीवन दर्शनले पनि समाजमा अनुसरण पाइरहेका हुन्छन् । राज्यको राजनितिक व्यवस्था जस्तो छ, मानिसले भाेगाइकाे क्रममा जीवनका क्रियाकलाप पनि त्यस्तै गर्ने गर्दछन् ।
जीवनमा धेरै मानिसहरू राजनीति गर्नुभन्दा पनि राजनीतिक व्यवस्था जनकल्याणकारी हाेस भन्ने चाहन्छन् । उनीहरू अाफुलाई जीवनयापन गर्ने पेशागत सुरक्षा चाहन्छन् । अायअार्जनका अाधारहरू सिर्जना गर्न रमजनितिक प्रणालीले उत्पादन, उपभाेग, विनिमय र वितरणमा समान अवसरहरूकाे सिर्जना गराेस भन्ने चमहन्छन्, जुन हरेक मानिसका जीवन दर्शनभित्र पर्ने कुरा हुन् । समाजशास्त्रले राज्यकाे अाधारभुत उत्पादन प्रणालीमा भएको स्वामित्वको प्रभावकारी विश्लेषण गरि अर्थतन्त्रको पनि विषयबस्तुहरू समावेश गरेकाे छ, मानिसको दैनिक जीवन सन्चालन गर्नका लागि अनिवार्य शर्त अार्थिक उपार्जन र अर्थतन्त्र नै हाे । समाजमा कृषकहरूकाे वाहुल्यता भएका ठाउँमा खानपान र जीवनशैली कृषिसंग मिल्दाेजुल्दाे हुन्छ । त्यस्तै उद्योग कलकारखानामा काम गर्ने मजदुरकाे बढी बसाेवास भएकाे ठाउँका मानिसहरूकाे खानपान र जीवनशैली कृषिकाे भन्दा फरक हुन्छ । ती रहन सहन र खानपान पनि जीवन दर्शनका निर्धारक तत्वहरूभित्र पर्दछन् । ती तत्वहरूकाे समाजशास्त्रमा सूक्ष्म रूपले अध्ययन गरिने भएकाेले जीवन दर्शनर समाजशास्त्र बीच सम्बन्ध रहेकाे हुन्छ ।
कानुनी प्रक्रिया एउटा छुट्टै विषय भए पनि समाजशास्त्रमा पनि कानुन निर्माणलाई planned change भित्र राखेर समाज परिवर्तनको वाहक कानुनलाई मानिन्छ । याेजनाबद्ध परिवर्तनको महत्त्वपूर्ण साधनका रूपमा समाजशास्त्र विषयमा कानुनी निर्धारणवाद र सामाजिक साँस्कृतिक परिवर्तनको प्रभाव विषयमा सिंगाे समाजकाे अध्ययन गरिन्छ ।ममनवशास्त्री E.B. Tylor का अनुसार - संस्कृति समाजकाे सदस्यकाे हैसियतले मानिसले आर्जन गरेको कला, भाषा, साहित्य, रितिरिवाज, मूल्य, मान्यता, विश्वास र कानुनलाई संस्कृति भनिन्छ । यसरी हेर्दा मानवलाई अावश्यक पर्ने भाैतिक तथा अभाैतिक नियम, कानुन, प्रथा र परम्परा नै संस्कृति हाे । संस्कृति समय, स्थान र धर्म अनुसार विविध प्रकारकाे हुन सक्दछन्, तर मुख्य समानता के हाे भने मानिसका दैनिक जीवन यापनलाई सहज बनाउनका लागि संस्कृतिको निर्माण र परम्परा चलेका हुन्छन्, जुन जीवनकाे दर्शनसंग प्रत्यक्ष समेबन्धित हुन्छन् ।
निष्कर्ष : जीवनकाे गतिविधिलाई निरन्तरता दिनका लागि बनेका सिद्धान्त र व्यवहार जीवनको दर्शन हुन । सामाजिक घट्नाहरूकाे कार्य कारक सम्बन्धकाे अध्ययन विश्लेषण गर्ने विषय समाजशास्त्र हाे । जीवन दर्शन र समाजशास्त्र दुवैको विषयवस्तुकाे लाभग्राही समाजका मानव भएकाले ती भित्र गरिने अभ्यास र अध्ययनवीच सम्बन्ध जाेडिएकाे छ । यी दुवैले एक अर्काकाे अध्ययनमा मानव समाजलाई केही दृष्टान्तहरू अादानप्रदान गरेर सघाउ पुर्याइरहेका हुन्छन् । यस्ताे सम्बन्धलाई शिक्षक तथा प्राध्यापकहरूले अध्यापनकाे अाैजार पनि बनाउने गर्दछन् ।
(लेखक सिद्धार्थ मावि हेटाैंडाका सामाजिक अध्ययन विषय विभागका विभागीय प्रमुख हुन् )
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...
३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...
३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...
३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...
३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । बैठकमा सार्वजनिक...
३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...
३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...