१५ चैत, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले शनिबारबाट लकडाउन थप प्रभावकारी बनाउन कडाई गर्न थालेको छ । लकडाउन थप प्रभावकारी बनाउन गाउँपालिकाले शनिबार विहानैदेखि स्थानीयलाई आग्रह गर्दै मूख्य नाका व्यवस्थित गर्न थालेको हो ।
गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली सेना विकास निर्माण गण राजदमार बेसक्याम्पका मेयर पुरुषोतम कार्की, वडा अध्यक्ष शेरमान घलान, प्रहरीसहितको टोलीले श्रीपुर, हात्तिसुडे लगायतका क्षेत्रमा स्थानीयहरुलाई लकडाउन पूर्ण कार्यान्वयन गर्न आग्रह गर्दै घरदैलो समेत गरेका छन् । बकैया गाउँपालिकाले अनावश्यक आवतजावत रोक्नका लागि शनिबार विहानदेखि गाउँपालिकाको ४ वटा नाकामा नेपाली सेना, प्रहरी, जनप्रतिनिधिसहितको संयुक्त टोली परिचालन शुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष खनालका अनुसार पूर्वमा भुवनचुली, पश्चिममा श्रीपुर, उत्तरमा ठिंगन र दक्षिणमा मोहरी नाकामा प्रवेशलाई कडाई गर्न लगत तयार गर्ने काम शुरु भएको छ । अनावश्यक आवतजावतले संक्रमणको जोखिम बढ्ने भएकाले यस्तो सावधानी अपनाईएको उनको भनाई छ । शनिबार नै गाउँपालिकाको १२ वटै वडामा जनप्रतिनिधिसहित स्वयंसेविका र स्वास्थ्यकर्मीहरुले विदेशबाट फर्किएकाहरुको लगत संकलन र स्वास्थ्य अवस्था बुझ्ने उनले बताए ।
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

















