Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः विश्वभर मृतकको संख्या ९५ हजार नाघ्यो 

111-1586481876.jpg

२८ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मर्नेको संख्यामा पुनः बृद्धि भएको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ७ हजार २ सय ३४ जनाको मृत्यु भएको छ । यसअघि अघिल्लो दिन कोरोना संक्रमणबाट ६ हजार ३ सय ९७ जनाको मृत्यु भएको थियो ।  
अहिलेसम्म कोरोना संक्रमणबाट कुल ९५ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ भने विश्वभर १६ लाख ३ हजार ७३ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार १० जना कोरोना संक्रमित संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख ५६ हजार ३ सय ३७ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४९ हजार १ सय ५८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने ११ लाख २ हजार १ सय ४९ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । इटलीमा अहिलेसम्म १८ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । 
इटालीमा पछिल्लो समय ६ सय १० जना मृतक थपिएका छन् भने  ४ हजार २०४ जना नयाँ संक्रमित थपिएका छन् । 
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ९ सय जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या १६ हजार ६ सय ९१ पुगेका छ । यो सँगै अमेरीका संक्रमणबाट मृत्युहुनेको दोश्रो स्थानमा उक्लिएको छ । यस अघि इटाली पछि सबैभन्दा बढी मानिसको मृत्यु स्पनेमा भएको थियो ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३३ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएपछि यहाँ ४ लाख ६८ सय ५ सय ६६ जना संक्रमित पुगेको छन । 
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । स्पेनमा ७ सय ४७ जना थप मानिको मृत्यु भएको छ भने ६ हजार २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा एकैदिन १ हजार ३ सय ४१ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १२ हजार २ सय १० पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख कटेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै यहाँ कुल संक्रमितको संख्या १ ला १७ हजार ७ सय ४९ पुगेकोे छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ७ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ८ सय ८१ जनाको मृत्यु भएको छ । 
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार १ सय १०, जर्मनीमा २ हजार ६ सय ७, बेल्जियममा २ हजार ५ सय २३ र नेदरल्याण्डसमा २ हजार ३ सय ९६जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा चीनमा २ जनाको मृत्यु भएको छ भने ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार