Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बंगलादेशमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु 

124134638_715639022384097-1604835391.jpg

google

२३ कार्तिक, हेटौंडा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यास सुरु गरेको छ । 
गत बिहीबार बंगलादेशको राजधानी ढाका पुगेको नेपाली फुटबल टोलीले आइतबारबाट अभ्यास थालेको हो । आइतबार मैदानमा अभ्यास गरेको नेपाली खेलाडीहरुले दुई दिन होटलमै फिटनेटको अभ्यास गरेका थिए । 
यसअघि ढाका पुगेपछि नेपाली टिमको कोरोना भाइरसको टेस्ट गरिएको थियो । टेस्टमा सबैको नेगेटिभ नतिजा आएको भएपनि अझै नेपाली टिमको तीन पटक कोरोनाको टेस्ट गरिने बताइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नोभेम्बर १०, १४ र १७ मा पिसिआर परीक्षण गरिनेछ ।
नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । बालगोपाल महर्जनको प्रशिक्षणमा बङ्गलादेशसँग खेल्ने नेपाली टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको प्रतिस्पर्धाको तयारीको रुपमा लिएको छ । 
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने पाँच बजे सुरू हुनेछ । 
यसैविच नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ । खेलको बंगलादेश टेलिभिजनले र टी–स्पोर्ट्सले इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्नेछ भएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार