९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, डार्सी सर्टले १८ बलमा ४० रनको विष्फोटक पारी खेले । यस क्रममा चार चौका र तीन छक्का प्रहार गरे । सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै जोड्न सक्यो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले दुई चौका प्रहार गरे ।
त्यसैगरी, अनिल खरेलले २७ बलमा १५ रन बनाए । ओपनर ब्याटर सैफ जैबले १४ बलमा १३ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे । यसबाहेक सुदूरपश्चिमका अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । शाडले भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।
अब सुदूरपश्चिमले बुधबार पोखरा एभेन्जर्सको सामना गर्नेछ भने लुम्बिनीले शनिबार चितवन राइनोजको सामना गर्नेछ ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




