२९ कार्तिक,हेटौँडा। सहिद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका-१ चकरीमा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी नमूना युवा क्लवले जितेको छ ।
शुक्रबार भएको फाइनल भिडन्तमा आर आर एफसीलाई टाइब्रेकरमा हराउँदै नमूनाले नगद २० हजार रुपैयाँसहित उपाधी जित्यो । आर आर एफसीले भने १० हजारमै चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगितामा आर आर एफसीका गगन कप्रौला उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी आर आर एफसीका मिलन तितुङ, उत्कृष्ट डिफेन्स नमूनाका प्रेमबहादुर गोले र सर्वाधिक गोलकर्ताको पुरस्कार नमूनाका सुवास थिङले पाए । प्रतियोगिता संयोजक हेलिस मोक्तानको अध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य ओम ग्लानको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, नेपाली काङ्ग्रेसका नेता शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा १४ बर्ष मुनिका खेलाडीहरु कृषल मोक्तानलगायतका खेलाडीलाई सम्मान गरिएको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















